
Ddhbs
Jsbus
gms
Gsbus
Nssbus7
Pbu
Amb
Rbs
Ssbus
Ratbs
Gsl
Csbus
Bksbus5
dsbus

Sls
Vor
Ssm
Tsm
Sbs
Ggd
Bbu
nsb
Bbbpu
Wsp
Rsb
Asm
Rgu
Rgu
Gst
Ksm
Rgs
Hal
Pvg

Abd
Rpp
Bml
Syp
Jmb
bbt
sab
Rmb
Gsb
Ptm
Jmb
Pls
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिका–७ मा अवस्थित शुभदर्पण एकेडेमीका कक्षा ८, ९ र १० का ५० जना विद्यार्थीहरुले हाटबजार अवलोकन तथा अध्ययन भ्रमण गरेका छन् ।
शुक्रबार राप्ती गाउँपालिका–३ स्थित सिरिचौर मसुरियामा सञ्चालनमा रहेको साप्ताहिक हाटबजारको अवलोकन भ्रमण विद्यार्थीहरूका लागि सामाजिक,वातावरणीय,नेपाली नियात्रा निबन्ध, वस्तु विनिमय,आर्थिक कारोबार तथा आय–आर्जनसम्बन्धी विषयमा व्यवहारिक ज्ञान हासिल गर्न गरिएको हो ।
विद्यालयका शिक्षक भास्करदेव चौधरीका अनुसार विद्यार्थीहरूले बजारको संरचना, किनमेल प्रणाली, स्थानीय उत्पादनको व्यापारिक महत्त्व तथा समुदायको आर्थिक गतिविधिको अध्ययन गरेका थिए।
त्यस्तै अवलोकन भ्रमणमा शिक्षकहरु भास्करदेव चौधरी,धिरज चौधरी,चन्द्रप्रसाद चौधरी र शरदराज शर्मा सहभागी रहेका थिए । विद्यार्थीहरुका लागि यस्ता व्यवहारिक अध्ययनहरुले पाठ्यक्रममा समेटिएका विषयवस्तुको ज्ञान मात्र नभई,स्थानीय संस्कृति,अर्थतन्त्र र जीवनशैली बुझ्न महत्वपूर्ण योगदान पुग्ने विद्यालयले जनाएको छ।
