
Ppu
Ssb
jsb
Tgp
Bsn
Usb
Ssb
Ksb
Gsb
Rks
Ksb
Nsb
Fmb
Ksb
Rsb
Csb

Gsb
Tsb
Ssb
Hl1
Usb

Rgu
Nps
ptl
दाङ । देउखुरीको राप्ती गाउँपालिका–७ मा अवस्थित शुभदर्पण एकेडेमीका कक्षा ८, ९ र १० का ५० जना विद्यार्थीहरुले हाटबजार अवलोकन तथा अध्ययन भ्रमण गरेका छन् ।
शुक्रबार राप्ती गाउँपालिका–३ स्थित सिरिचौर मसुरियामा सञ्चालनमा रहेको साप्ताहिक हाटबजारको अवलोकन भ्रमण विद्यार्थीहरूका लागि सामाजिक,वातावरणीय,नेपाली नियात्रा निबन्ध, वस्तु विनिमय,आर्थिक कारोबार तथा आय–आर्जनसम्बन्धी विषयमा व्यवहारिक ज्ञान हासिल गर्न गरिएको हो ।
विद्यालयका शिक्षक भास्करदेव चौधरीका अनुसार विद्यार्थीहरूले बजारको संरचना, किनमेल प्रणाली, स्थानीय उत्पादनको व्यापारिक महत्त्व तथा समुदायको आर्थिक गतिविधिको अध्ययन गरेका थिए।
त्यस्तै अवलोकन भ्रमणमा शिक्षकहरु भास्करदेव चौधरी,धिरज चौधरी,चन्द्रप्रसाद चौधरी र शरदराज शर्मा सहभागी रहेका थिए । विद्यार्थीहरुका लागि यस्ता व्यवहारिक अध्ययनहरुले पाठ्यक्रममा समेटिएका विषयवस्तुको ज्ञान मात्र नभई,स्थानीय संस्कृति,अर्थतन्त्र र जीवनशैली बुझ्न महत्वपूर्ण योगदान पुग्ने विद्यालयले जनाएको छ।
