
Ssb
Ksb
Bsn
Ksb
Gsb
Nsb
Rks
Rsb
Usb
Csb
Ksb
Ppu
Ssb
Tgp

Gsb
Ssb
Usb
Tsb
Hl1

Rgu
ptl
Nps
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ सालको नतिजा शुक्रबार प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशित गरेको हो । नतिजा अनुसार ६१.८१ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नतिजअनुसार ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । नतिजासम्बन्धी विवरणहरू एसएमएस,आईभीआर र वेबसाइट मार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।
यस्तै एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी,आकाश टेक,स्विफ्ट टेक्नोलोजी,अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्ड,नेपाल टेलिकम, इडियु सञ्जाल,इसेवा,खल्ती,स्मार्टकार्ड नेपाल लगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
