
Ssbus
Gsbus
Pbu
Bksbus5
Rbs
Amb
Jsbus
Ratbs
dsbus
Gsl
Nssbus7
Ddhbs
gms
Csbus

Vor
Bbu
nsb
Wsp
Ggd
Sbs
Rgu
Ssm
Tsm
Hal
Pvg
Rsb
Bbbpu
Gst
Ksm
Rgu
Asm
Sls
Rgs

Pls
Mks
Jmb
Jmb
Ptm
Rmb
Gsb
Bml
Syp
bbt
sab
Rpp
Abd
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ सालको नतिजा शुक्रबार प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशित गरेको हो । नतिजा अनुसार ६१.८१ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नतिजअनुसार ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।
त्यस्तै १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । नतिजासम्बन्धी विवरणहरू एसएमएस,आईभीआर र वेबसाइट मार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।
यस्तै एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी,आकाश टेक,स्विफ्ट टेक्नोलोजी,अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्ड,नेपाल टेलिकम, इडियु सञ्जाल,इसेवा,खल्ती,स्मार्टकार्ड नेपाल लगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
