
Ssb
Ksb
Tgp
jsb
Gsb
Rks
Rsb
Ksb
Fmb
Ksb
Ssb
Usb
Csb
Ppu
Nsb
Bsn

Ssb
Hl1
Usb
Tsb
Gsb

ptl
Rgu
Nps
एजेन्सी । इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा परी ८० जना मानिसको मृत्यु भएको छ । समाचार संस्था अलजजिराका अनुसार आक्रमणमा ४०० भन्दा बढी घाइते भएका छन् ।
त्यस्तै इजरायली सेनाले नाब्लसबाट १४ प्यालेस्टिनीहरुलाई पक्राउ गरेको छ,जसमा पत्रकार मुजाहिद तबान्जा पनि छन् । गाजामा युद्धविराम र बन्धक रिहाइका लागि पुनः पहल थालिएको छ ।
यस्तै मध्यस्तकर्ताले युद्धविराम र बन्धक रिहाईका लागि प्रयास तीव्र पारेको हमासका एक वरिष्ठ अधिकारीले जनाएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विषेश दुत स्टीव विटकफले इजरायल र हमासबीचको सम्झौता धेरै नजिक पुगेको बताएका थिए । तर इजरायली अधिकारीले भने वार्तामा कुनै प्रगति नभएको र प्रमुख असहमति अझै कायम रहेको जनाएका छन् ।
