
Rbs
Gisld
Pbu
Mbdvs
Sds
Ksm
Gmk
mbd
Anm
मृतकका परिवारलाई टाटा कम्पनीले जनही एक करोड क्षतिपूर्ति दिने

Bbbpu
Asm
Bbu
nsb
Pvg
Rgu
Gst
Ggd
Sbs
Tsm
Hal
Wsp
Ksm
Sls
Rgu
Ssm
Vor
Rgs
Rsb

Mks
Jmb
sab
bbt
Abd
Rmb
Jmb
Pls
Ptm
Syp
Gsb
Bml
Rpp
काठमाडौं । अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटनाबाट २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ । एयर इण्डिया आफैंले सोसल मिडिया एक्समार्फत् यो जानकारी दिएको हो ।
घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् । विहीबार दिउँसो भारतीय समय अनुसार २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान २ बजेर ४० मिनेटमै खसेर आगो लागेको थियो ।
त्यस्तै टाटा कम्पनीको स्वामित्वको सो विमानमा २३० यात्रु र १२ जना ‘क्रु मेम्बर’ (चालक दलका सदस्य)हरु थिए । एक जना यात्री भने उछिट्टिएर बाँच्न सफल भएका छन् । उनको उपचार जारी छ । ती यात्री भारतीय मूलका ब्रिटिश नागरिक हुन् ।
घटनास्थलको अवलोकन गरेका गृहमन्त्री अमित शाहले पत्रकारहरुसँग भनेका छन्, ‘सवा लाख लिटर इन्धन भएकाले आगो यति भयानक थियो कि एक यात्री बाहेक अरु सबैको मृत्यु भएको छ र लगभग सबैको शव संकलनको काम सकिएको छ ।’ उनले शवहरुको डीएनए टेस्ट गरेर मृतक संख्याको आधिकारिक घोषणा गरिने बताएका छन् । यो दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यसैबीच टाटा कम्पनीले विमान दुर्घटनामा मृत्यु भएका सबै यात्रुका परिवारलाई जनही एक करोडको दरले क्षतिपूर्ति दिने र घाइतेहरुको निःशुल्क उपचार गरिदिने जनाएको छ । विमान ठोक्किएर क्षतिग्रस्त भएको घर पुनर्निर्माण गरिदिने घोषणा पनि टाटाले गरेको छ ।
त्यस्तै विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति भारतीय राष्ट्रपति,प्रधानमन्त्री र विभिन्न दलका नेतादेखि अमेरिकी, बेलायत,क्यानडा, बंगलादेश,पाकिस्तान, मालदिभ्स,नेपाल लगायतका देशका सरकारसम्मले शोक व्यक्त गरेका छन् ।
