
gms
Ratbs
Ssbus
Amb
Gsl
Gsbus
Ddhbs
Rbs
dsbus
Bksbus5
Pbu
Csbus
Nssbus7
Jsbus

Sbs
Pvg
Wsp
nsb
Rgu
Rgs
Ksm
Gst
Ggd
Vor
Sls
Hal
Tsm
Rgu
Bbu
Rsb
Ssm
Asm
Bbbpu

Rpp
Jmb
Syp
sab
Rmb
Pls
Jmb
bbt
Abd
Bml
Ptm
Gsb
Mks
धनुषाधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ परेका छन् ।
त्यस्तै हत्या आरोपी हरिराम यादवलाई पक्राउ गरेको धनुषा प्रहरीले जानकारी दिएको छ । गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो । अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई लिएर बेपत्ता भएका थिए । स्थानीयका अनुसार श्रीमान् श्रीमतीबीच विवाद भएको थियो ।
यस्तै श्रीमान रामहरि पक्राउ परेपनि छोरी अझै कुन अवस्थामा छन् भन्ने खुलेको छैन । धनुषा प्रहरीले घटना बारे पत्रकार सम्मेलन गरेर थप जानकारी दिने एसपी नरहरी रेग्मीले जानकारी दिए ।
