धनुषाधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ परेका छन् ।
त्यस्तै हत्या आरोपी हरिराम यादवलाई पक्राउ गरेको धनुषा प्रहरीले जानकारी दिएको छ । गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो । अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई लिएर बेपत्ता भएका थिए । स्थानीयका अनुसार श्रीमान् श्रीमतीबीच विवाद भएको थियो ।
यस्तै श्रीमान रामहरि पक्राउ परेपनि छोरी अझै कुन अवस्थामा छन् भन्ने खुलेको छैन । धनुषा प्रहरीले घटना बारे पत्रकार सम्मेलन गरेर थप जानकारी दिने एसपी नरहरी रेग्मीले जानकारी दिए ।