Sidha Patra शनिबार, बैशाख २७, २०८२

काठमाडौँ । दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन् ।

शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरु तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन् । त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन् । ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन् ।

एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सारकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन्।’ ‘शान्तिको मार्ग चुन्ने प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता,विवेक र शासनकलाको सराहना गर्छौं,’ उनले थपेका छन्।

त्यस्तै सहमतिको पुष्टि पाकिस्तानी विदेशमन्त्री इसाक दारले पनि गरेका छन् । उनले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको बताएका छन् । ‘पाकिस्तान र भारतले तत्काल लागू हुनेगरी युद्धविराम गर्ने सहमति गरेका छन् । पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग सम्झौता नगरी सधैँ शान्ति र सुरक्षाको प्रयास गर्दै आएको छ,’ उनले लेखेका छन् ।

यस्तै भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि यसको पुष्टि गरेका छन् । उनले भारत र पाकिस्तानले शनिबार साँझ पाँच बजेबाट जल, थल र आकाशमा सैन्य कारबाही र गोलीबारी बन्द गर्ने सहमति भएको पनि बताएका छन् । ‘पाकिस्तानका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसनले भारतका समकक्षीले ३ः३५ बजे फोन गर्नु भएको थियो । उनिहरुबीच दुवै पक्षले गोलीबारी र सम्पूर्ण सैन्य कारबाही भारतीय समयअनुसार ५ बजे बन्द गर्ने सहमति भएको छ । आज, दुवै पक्षलाई सो समझदारी अनुरुपको निर्देशन दिइएको छ । उहाँहरुबीच मे १२ को मध्यान्न १२ बजे कुराकानी गर्ने सहमति भएको छ,’ मिश्रीले भने ।

त्यस्तै रुबियोका अनुसार उपराष्ट्रपति जेडी भान्स र उनले प्रधानमन्त्रीहरु नरेन्द्र मोदी र शहबाज सरिफका अलावा विदेशमन्त्री एस जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनिर र दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र असिम मलिकसँग कुरा गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]