Sidha Patra बुधबार, बैशाख १०, २०८२

दाङ । लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ सुरु भएको छ । बुधबारबाट सुरु भएको सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी केवल ऐतिहासिक र पुरातात्विक स्थल नभई विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि भएको बताएका छन् । उनले लुम्बिनीको संरक्षण, प्रचारप्रसार र दीगो विकासका लागि सबै तहका सरकार, सरोकारवाला र अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
`बुद्धको जन्मभूमि लुम्बिनीलाई अध्यात्म, अनुसन्धान, पर्यटन र अन्तर्राष्ट्रिय शान्तिको केन्द्र बनाउनु हाम्रो साझा जिम्मेवारी हो´ मुख्यमन्त्री आचार्यले भने-`लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सबैले हातेमालो गर्नु पर्छ ।´

त्यस्तै लुम्बिनी विकास कोषको आयोजनामा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, युनेस्को काठमाडौं र आईकोमोस नेपालको प्राविधिक सहयोगमा सम्मेलन आयाेजना गरिएको हाे । सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा बुद्धको जन्म इसा पूर्व ६२३ मा भएको ऐतिहासिक प्रमाण अशोक स्तम्भमा उल्लेख छ । सम्मेलनमा लुम्बिनीको पुरातात्विक महत्व, संरक्षण, अनुसन्धान र तीर्थयात्रासम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ ।

यस्तै दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न सत्रहरूमा विभिन्न वक्ताले विचार प्रस्तुत गर्ने छन् । सम्मेलनले लुम्बिनीको संरक्षण र प्रवर्द्धनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ । सम्मेलनले निकालेकाे निष्कर्षलाई तीन तहका सरकारले कार्यान्वयन गर्ने र साझा याेजना निर्माण गर्नुपर्नेमा उद्घाटन सत्रमा जाेड दिइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]