
Gsl
dsbus
gms
Ddhbs
Amb
Gsbus
Ratbs
Ssbus
Bksbus5
Nssbus7
Rbs
Jsbus
Pbu
Csbus

Tsm
Wsp
Rgu
Ssm
nsb
Asm
Rgu
Sls
Rsb
Gst
Ggd
Bbu
Hal
Rgs
Pvg
Ksm
Vor
Sbs
Bbbpu

Abd
Rmb
Rpp
sab
bbt
Mks
Syp
Pls
Bml
Ptm
Jmb
Gsb
Jmb
काठमाडौँ । यहिँ वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि मात्र हुने भएको छ ।
शिक्षकहरुको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए।
त्यस्तै सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले बताए । विषम परिस्थितिका कारण परीक्षा सार्नु परेको उनको भनाइ छ । यसअघि बोर्डको आज बिहान बसेको बैठकले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेको थियो । कर्मचारी परिचालन गरेर भएपनि परीक्षा सार्ने भनेको थियो । तर बोर्डको निर्णय शिक्षकहरुले प्रतिरोध गर्ने चेतावनी दिएका थिए। त्यस्तै ट्रेड युनियनहरुले समेत कर्मचारीले परीक्षा नगर्ने प्रस्ट पारेको थियो ।
त्यसपछि परीक्षा सार्ने विषयमा प्रधानमन्त्रीले छलफल गरेका थिए। भोलि परीक्षा सार्ने सूचना तथा परीक्षा तालिका सार्वजनिक गरिने बोर्डका अध्यक्ष शर्माले बताए ।
