
dsbus
Pbu
Ratbs
Gsbus
Ddhbs
Bksbus5
Csbus
Gsl
Rbs
Ssbus
gms
Nssbus7
Amb
Jsbus

Wsp
Gst
Ssm
Sbs
Hal
Bbbpu
Vor
nsb
Rgu
Asm
Ggd
Sls
Rgs
Rsb
Ksm
Pvg
Rgu
Tsm
Bbu

Gsb
Jmb
Bml
bbt
Ptm
Pls
sab
Rmb
Jmb
Syp
Abd
Rpp
Mks
काठमाडौं । निर्वाचन आयोगले सरकारले घोषणा गरेको २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७ करोड रुपैयाँ खर्च आवश्यक पर्ने बताएको छ ।
त्यस्तै आयोगको मंगलबार बसेको बैठकले उक्त रकम अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय समेत गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड-१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी आयोगले कार्यविधि बनाएको छ ।
त्यसैगरी विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको छैन’ श्रेष्ठले विज्ञप्तिमा भन्नु भएको छ ।
यस्तै आयोगले कोभिड-१९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड,४१ लाख,७४ हजार रुपैयाँ प्रस्ताव गरेको हो । निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम संख्यामा रहने व्यवस्था गरिएको पनि आयोगले जानकारी दिएको छ ।
