Sidha Patra बुधबार, चैत्र १३, २०८१

एजेन्सी । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा डढेलो फैलिँदा कम्तिमा १८ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

त्यहाँको आन्तरिक तथा सुरक्षा मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार २३ हजारभन्दा धेरै मानिसलाई सुरक्षित स्थानान्तरण गरिएको छ । आगलागीका कारण १३ सय वर्ष पुरानो बौद्ध मन्दिर जलेर नष्ट हुनुका साथै धेरै सम्पदा र सांस्कृतिक स्थलहरू प्रभावित भएका बीबीसीले जनाएको छ।

त्यस्तै डढेलोका कारण १७ हजार हेक्टर जनाभन्दा धेरै जङ्गलमा क्षति पुगेको छ । कार्यवाहक राष्ट्रपति हान डक–सूका अनुसार दक्षिण कोरियाको इतिहासमा सबैभन्दा खराब डढेलोको रेकर्ड भएको बताए। आगलागीको सङ्कट अझै गम्भीर रहेको उनको भनाइ छ । आगलागीको कारणबारे अनुसन्धान गरिरहेका अधिकारीहरूका अनुसार उइसोङ काउन्टीको पहाडमा एउटा अग्नि नियन्त्रक हेलिकप्टर पनि दुर्घटना भएको छ ।

यस्तै डढेको फैलिएको क्षेत्रमा हजारौं अग्नि नियन्त्रक र सैन्य कर्मचारीहरू धेरै आगो निभाउन खटिएका छन् । कोरियामा तैनाथ अमेरिकी सेनाका हेलिकप्टरहरू पनि आगो निभाउन परिचालन भएका छन्। दक्षिण कोरियामा अहिले औसतभन्दा कम वर्षा भइरहेकोले सामान्यभन्दा सुख्खा अवस्था छ ।

त्यस्तै यस वर्ष अहिलेसम्म दुई सय ४४ वटा डढेलोका घटना भएका छन्। जुन गएको वर्षको यही अवधिको तुलनामा २ दशमलव ४ गुणा बढी हो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]