
Ksb
Bsn
Ssb
Rsb
Ksb
Ksb
Nsb
Ppu
Ssb
Gsb
Usb
Tgp
Csb
Rks

Gsb
Tsb
Hl1
Usb
Ssb

Nps
Rgu
ptl
दाङ । गुरुकुल एकेडेमीले आइतबार विद्यार्थी नेतृत्व सम्मेलन ९ कतगमभलत(भिम ऋयलाभचभलअभ एसएलसि सफलतापूर्वक सम्पन्न गरेको छ ।
विद्यार्थीहरूको शैक्षिक प्रगति,नेतृत्व क्षमता र आत्मविश्वासलाई अभिवृद्धि गर्ने सम्मेलनको उद्देश्य रहेको थियो । सम्मेलनमा सत्र २०८१ का विद्यार्थीहरूले विभिन्न गतिविधिहरू,परियोजना र अनुभव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सांस्कृतिक पोशाक दिवस, खेल गतिविधि,बिभिन्न क्षेत्र भ्रमण,विज्ञान प्रदर्शनी, शैक्षिक गतिविधि,विद्यार्थीको व्यक्तिगत लक्ष्य, उद्देश्य,क्षमता तथा कमजोरीहरूको विस्तृत विवरण अभिभावक समक्ष प्रस्तुत गरिएको थियो । विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रा र व्यक्तिगत विकासका बारेमा एयधभचएयष्लत स्लाइडमार्फत प्रस्तुति दिएका थिए । प्रत्येक विद्यार्थीले आफूले गरेको काम, सिकेका कुराहरू र भविष्यका योजनाहरू समेत अभिभावक समक्ष सार्वजनिक गरेका थिए । यसले विद्यार्थीहरूको आत्मविश्वास र नेतृत्व क्षमता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । यस सम्मेलनले विद्यार्थीलाई आफूलाई मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको छ र उनीहरूको विश्लेषणात्मक सोचलाई बढावा दिएको विद्यालयले बताएको छ ।
विद्यार्थीहरूले आफ्ना क्षमता र कमजोरीहरूलाई स्पष्ट रूपमा बुझ्न सक्ने मौका पाउनुका साथै अभिभावकहरुले पनि आफ्ना बालबालीकाहरुको बारेमा बुझ्ने अवशर प्राप्त गरेका छन् । एसएलसि कार्यक्रमको समन्वय विज्ञान शिक्षक भुवन आचार्यले गरेका थिए । उनले विद्यार्थीहरूको प्रगति र विकासमा यस सम्मेलनको भूमिका महत्त्वपूर्ण रहेको बताए । यस प्रकारका सम्मेलनले विद्यार्थीहरूलाई केवल शैक्षिक क्षेत्रमा मात्र नभएर जीवनका अन्य पाटोमा पनि सफलता प्राप्त गर्नको लागि आवश्यक नेतृत्व क्षमता र सोचाइको विकास गर्न मद्दत पुर्याउँने शिक्षक आचार्यले बताए । विद्यार्थीहरूको उत्साहजनक प्रस्तुति र सक्रिय सहभागिताले सम्मेलनलाई थप सफल बनाएको थियो ।
त्यस्तै उनीहरूको आत्ममूल्यांकन र लक्ष्य निर्धारणको प्रक्रिया हेरेर सहभागी अभिभावक र शिक्षकहरूले विद्यार्थीहरूको समग्र विकासमा यो सम्मेलनको महत्त्व बुझ्न सकेका छन् । यो कार्यक्रम गुरुकुल एकेडेमीमा शिक्षाको स्तरलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने एक महत्वपूर्ण प्रयासको रूपमा चिनिएको छ । यो कार्यक्रमले आफुलाई र आफ्ना बालबालीकाहरुलाई निकै फाइदा पुगेको अभिभावक तुल बहादुर बिकले बताए । यस सम्मेलनले विद्यार्थीहरूको शैक्षिक र व्यक्तिगत दृषटिकोनलाई फराकिलो बनाउने अवसर प्रदान गरेको छ र गुरुकुल एकेडेमीलाई एक अग्रणी शैक्षिक संस्थाको रूपमा थप मजबुत बनाएको छ। विद्यार्थी नेतृत्व सम्मेलन कार्यक्रम गुरुकुल एकेडेमी घोराही लमही र तुलसिपुरमा पनि गरिएको हो ।
