
Rbs
Gsl
Amb
Bksbus5
gms
Ddhbs
Gsbus
Pbu
Ssbus
dsbus
Ratbs
Nssbus7
Csbus
Jsbus

Hal
Pvg
Rgu
Asm
nsb
Ggd
Bbbpu
Tsm
Rgs
Sls
Sbs
Gst
Bbu
Rsb
Ssm
Vor
Wsp
Ksm
Rgu

Rmb
Syp
Abd
Mks
Jmb
Bml
Gsb
sab
Rpp
Jmb
Ptm
Pls
bbt
दाङ । गुरुकुल एकेडेमीले आइतबार विद्यार्थी नेतृत्व सम्मेलन ९ कतगमभलत(भिम ऋयलाभचभलअभ एसएलसि सफलतापूर्वक सम्पन्न गरेको छ ।
विद्यार्थीहरूको शैक्षिक प्रगति,नेतृत्व क्षमता र आत्मविश्वासलाई अभिवृद्धि गर्ने सम्मेलनको उद्देश्य रहेको थियो । सम्मेलनमा सत्र २०८१ का विद्यार्थीहरूले विभिन्न गतिविधिहरू,परियोजना र अनुभव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सांस्कृतिक पोशाक दिवस, खेल गतिविधि,बिभिन्न क्षेत्र भ्रमण,विज्ञान प्रदर्शनी, शैक्षिक गतिविधि,विद्यार्थीको व्यक्तिगत लक्ष्य, उद्देश्य,क्षमता तथा कमजोरीहरूको विस्तृत विवरण अभिभावक समक्ष प्रस्तुत गरिएको थियो । विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रा र व्यक्तिगत विकासका बारेमा एयधभचएयष्लत स्लाइडमार्फत प्रस्तुति दिएका थिए । प्रत्येक विद्यार्थीले आफूले गरेको काम, सिकेका कुराहरू र भविष्यका योजनाहरू समेत अभिभावक समक्ष सार्वजनिक गरेका थिए । यसले विद्यार्थीहरूको आत्मविश्वास र नेतृत्व क्षमता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । यस सम्मेलनले विद्यार्थीलाई आफूलाई मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको छ र उनीहरूको विश्लेषणात्मक सोचलाई बढावा दिएको विद्यालयले बताएको छ ।
विद्यार्थीहरूले आफ्ना क्षमता र कमजोरीहरूलाई स्पष्ट रूपमा बुझ्न सक्ने मौका पाउनुका साथै अभिभावकहरुले पनि आफ्ना बालबालीकाहरुको बारेमा बुझ्ने अवशर प्राप्त गरेका छन् । एसएलसि कार्यक्रमको समन्वय विज्ञान शिक्षक भुवन आचार्यले गरेका थिए । उनले विद्यार्थीहरूको प्रगति र विकासमा यस सम्मेलनको भूमिका महत्त्वपूर्ण रहेको बताए । यस प्रकारका सम्मेलनले विद्यार्थीहरूलाई केवल शैक्षिक क्षेत्रमा मात्र नभएर जीवनका अन्य पाटोमा पनि सफलता प्राप्त गर्नको लागि आवश्यक नेतृत्व क्षमता र सोचाइको विकास गर्न मद्दत पुर्याउँने शिक्षक आचार्यले बताए । विद्यार्थीहरूको उत्साहजनक प्रस्तुति र सक्रिय सहभागिताले सम्मेलनलाई थप सफल बनाएको थियो ।
त्यस्तै उनीहरूको आत्ममूल्यांकन र लक्ष्य निर्धारणको प्रक्रिया हेरेर सहभागी अभिभावक र शिक्षकहरूले विद्यार्थीहरूको समग्र विकासमा यो सम्मेलनको महत्त्व बुझ्न सकेका छन् । यो कार्यक्रम गुरुकुल एकेडेमीमा शिक्षाको स्तरलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने एक महत्वपूर्ण प्रयासको रूपमा चिनिएको छ । यो कार्यक्रमले आफुलाई र आफ्ना बालबालीकाहरुलाई निकै फाइदा पुगेको अभिभावक तुल बहादुर बिकले बताए । यस सम्मेलनले विद्यार्थीहरूको शैक्षिक र व्यक्तिगत दृषटिकोनलाई फराकिलो बनाउने अवसर प्रदान गरेको छ र गुरुकुल एकेडेमीलाई एक अग्रणी शैक्षिक संस्थाको रूपमा थप मजबुत बनाएको छ। विद्यार्थी नेतृत्व सम्मेलन कार्यक्रम गुरुकुल एकेडेमी घोराही लमही र तुलसिपुरमा पनि गरिएको हो ।
