
Bksbus5
Pbu
dsbus
Ddhbs
Ratbs
Nssbus7
gms
Rbs
Jsbus
Csbus
Gsl
Gsbus
Amb
Ssbus

Ksm
Vor
nsb
Tsm
Pvg
Wsp
Asm
Gst
Bbbpu
Rsb
Hal
Rgs
Ssm
Bbu
Ggd
Sls
Sbs
Rgu
Rgu

bbt
Abd
Rmb
Rpp
Ptm
sab
Bml
Pls
Mks
Syp
Jmb
Gsb
Jmb
धनगढी । कैलालीको जनप्रिय माध्यमिक विद्यालयका निमित्त रहेका प्रधानाध्यापक धनीदत्त भट्टलाई कारबाही गरिएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर –८ लिक्माको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक भट्टलाइ छात्राहरू माथि यौन जन्य हिंसा गरेको आरोपमा कारबाही गरिएको हो । विद्यालय व्यवस्थापन समितिमा एक छात्राले यौन जन्य हिंसा गरेको गुनासो सहित निवेदन दिएपछि उनलाई पदबाट हटाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेलाराम टेर्राले भट्टलाई पदबाट हटाएको बताए ।
उनले गौरीगंगा नगरपालिकालाई समेत जानकारी पठाएको बताएका छन् । विद्यालय व्यवस्थापन समितिले निर्णय गर्दै भट्टलाई पदबाट हटाएको हो । उनले भने, ‘हामीले पदबाट हटाएका छौ। नगरपालिकामा निर्णय पठाएका छौ । अहिले कामचलाउ रूपमा दिपेन्द्र खड्कालाई प्रअ राखेका छौं टेर्राले भने ।’
जनप्रिय माध्यमिक विद्यालयमा जयबहादुर बयलकोटीलाई प्रधानाध्यापक बनाउने तयारीमा समिति रहेको उनले बताए । तर, बयलकोटीले खड्कालाई प्रधानाध्यापक बनाउन भनेपछि उनलाई बनाएको टेर्राले बताए । छात्रामाथि यौन हिंसा गरेको आरोप लागेका भट्टलाई विद्यालय व्यवस्थापन समितिले माफी नदिएको उनले बताएका छन् ।
गत फागुन २ गतेका दिन मसुरियाबाट चिसापानीसम्म छात्राहरूलाई लगेर, उनीहरूमाथि यौन हिंसा गरेको आरोप लागेका भट्टले नै खुट्टा ढोगेर माफी मागेका टेर्राले बताए । उनले भने, ‘हामीले प्रअलाई खुट्टा ढोग्न लगाएका होइनौ। हामी विद्यालयमा थियौ। हामी निर्णय गर्न गएका थियौ। तर, उहाँले आफैले विद्यार्थीहरू बोलाएर, माफी मागेर, खुट्टा ढोग्ने के–के काम गर्नु भयो।’
नगरपालिकाले थप निर्णय लिनुपर्ने उनले बताए। टेर्राले भने, ‘नैतिकताले पनि उहाँले राजीनामा दिनुपर्ने हो, राम्रो हुने थियो । तर, दिनु भएन। पदमा राखि रहँदा विद्यालयको शैक्षिक वातावरण खलबलिने अवस्था भयो । उहाँलाई हामीले पदमुक्त गरेका छौं । अहिले दीपेन्द्र कुमार खड्कालाई प्रअमा राखेका छौं ।’
विद्यालयका निमित्त प्रधानाध्यापक भट्टबाट यौन हिंसामा परेको आरोपसहित निवेदन दिएका छात्राले भने माफी दिएकी छन् । विद्यालय व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय, मसुरिया र लम्कीमा निवेदन दिएकी उनलेले न्यायिक लडाइ छोडेकी हुन् । उनीहरूको बिचमा मिलापत्र गरिएको छ ।
त्यस्तै विद्यालयका तत्कालीन प्रधानाध्यापक धनीदत्त भट्टले कपोलकल्पित घटना रहेका बताए। उनले भनिन्, ‘एकै जना केटीलाई लगेर गएको होइन । मैले घुम्न जाउ पनि भनेको छैन । निवेदन दिने केटीले नै घुम्न जाउँ भनेको हो । झुटाकुराहरू निवेदनमा छन्। उनीहरूलाई मैले घुम्न जाउँ भनेको प्रमाणहरू छैनन् । हामीले चिसापानीमा कुनै गलत पनि गरेका छैनौ । गलत कुरा भनेको पनि छैन । नभएका कुराहरू राखिएको छ । मलाई प्रअबाट हटाउन राजनीति गरिएको हो ।’ तर, शिक्षक भट्टले छात्राको खुट्टा छोएर माफी मागेपछि घटनामा मिलापत्र भएको थियो । दिनेशखबर
