
Ssbus
Ratbs
Csbus
Rbs
Bksbus5
Nssbus7
Ddhbs
dsbus
Pbu
Gsl
Jsbus
Gsbus
gms
Amb

Tsm
Ssm
nsb
Asm
Rgu
Sls
Rgu
Vor
Gst
Sbs
Bbu
Hal
Ggd
Pvg
Rgs
Ksm
Wsp
Rsb
Bbbpu

Mks
sab
Abd
Bml
Jmb
bbt
Pls
Rpp
Rmb
Gsb
Ptm
Syp
Jmb
दाङ । संस्कार सहितको गुणस्तरीय शिक्षा,हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ देउखुरीको लमही नगरपालिका वडा नम्बर- ५ लमहीमा संचालन रहेको ज्योतिष्मती विद्यापीठले बिहीबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त राज अधिकारीको अध्यक्षता तथा राष्ट्रिय ख्याति प्राप्त मनोवैज्ञानिक परामर्शदाता डाक्टर रविन्द्र कटवालको प्रमुख आतिथ्यतामा कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बालबालिकालाई असल र उत्कृष्ट बनाउन उनीहरूमा पढाइ प्रति अभिरुचि जगाउन तथा नैतिक ज्ञान, अनुशासन,मूल्य मान्यता,आदर सत्कार र व्यावहारिक शिक्षा प्रदान सम्वन्धि विषयमा विद्यालयका ७०० जना अभिभावकको प्रशिक्षण प्रदान गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल नारायण भुसालले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए भने विद्यालयका सहायक प्रिन्सिपल विनोद भट्टराईले कार्यक्रमको सहजीकरण गरेका थिए ।

