
gms
Bksbus5
dsbus
Gsbus
Gsl
Ssbus
Jsbus
Ratbs
Ddhbs
Pbu
Rbs
Nssbus7
Csbus
Amb

Ggd
Wsp
Ssm
Bbbpu
Rgu
Sbs
Asm
Pvg
Hal
Vor
Bbu
Sls
Gst
Tsm
Rsb
Rgs
Rgu
nsb
Ksm

Rmb
Pls
bbt
Syp
Ptm
Jmb
Mks
Abd
Jmb
Rpp
Bml
Gsb
sab
दाङ । ज्ञान शिक्षा निकेतन बोडिङ स्कुल लमही नगरपालिका -१ नर्तीको १५ औं वार्षिकोत्सब कार्यक्रम आइतबार भब्य साथ सम्पन्न भएको छ ।
विद्यालयका अध्यक्ष घनश्याम खनालको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पाैडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षालाई संस्कार र संस्कृतिसँग जोड्न आवश्यक रहेको बताएका छन् । पछिल्लो पुस्ताहरूमा संस्कार के हो, संस्कृति के हो भन्ने थाहा छैन् त्यसका लागि बालबालिकाहरूलाई त्यो विषयमा शिक्षा दिन जरूरी रहेको बताएका छन् । यस्तै वक्ताहरूले विद्यार्थीहरूलाई विज्ञान तथा प्रविधि तर्फ पनि जोड्न जरूरी रहेको धारणा राखेका छन् । आजको युग विज्ञान र प्रविधिको भएकाले त्यस्ता विषयमा पनि शिक्षा दिन जरूरी रहेको बताएका छन् ।
कार्यक्रममा विद्यालयको प्रगति विवरण विद्यालयका प्रिन्सिपल भक्त कुमार खनालले प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा नेशनल प्याब्सनका प्रदेश सचिव टोपेन्द्र खनाल,नेशनल प्याब्सन दाङका सदस्य भानु यादव,देउखुरी पब्लिक स्कुल लमहीका प्रिन्सिपल भुमाण्डप केसी,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता,शिक्षिका सुप्रिया केसी,अभिभावक चन्द्रबहादुर चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति समेत देखाइएको थियोे । शेयर सदस्य पवित्रा पण्डितको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षिका मनुसा चाैधरीले गरेकि थिइन् ।
