
Gsl
gms
Bksbus5
Amb
syysr
Jsbus
Pbu
dsbus
Ssbus
Gsbus
Csbus
Nssbus7
Rbs
Ratbs
Ddhbs
Syees

Rsb
Sls
Bbu
nsb
Gst
Ksm
Bbbpu
Wsp
Ggd
Vor
Ssm
Rgu
Rgu
Asm
Tsm
Rgs
Pvg
Sbs
Hal

bbt
Rmb
Bml
Gsb
Syp
Rpp
Jmb
Jmb
Ptm
Mks
Pls
Abd
sab
दाङ । गोरखा ग्रुप दाङद्वारा संचालित देउखुरीकै उत्कृष्ट निजी स्वर्णिम देउखुरी क्याम्पसले बिबिएस प्रथम वर्षका विद्यार्थीलाई एक कार्यक्रमका बीच शनिबार स्वागत गरेको छ ।
बिबिएस दोस्रो वर्षकी छात्रा बन्दना जैसवालको अध्यक्षता तथा गोरखा मोडेल सेकेन्डरी स्कुल लमही व्यवस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसीको प्रमुख अतिथि एवं सहायक क्याम्पस प्रमुख चिरन्रिजीवी रिजालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ४५ जना नयाँ विद्यार्थीलाई अबिर,फुलमाला र खाँदा ओढाएर भव्यताका सम्मान गरिएको थियो ।
यस्तै स्वागत कार्यक्रमका प्रमुख अतिथि जिसीले नयाँ विद्यार्थीलाई स्वागत गर्दै उच्च शिक्षा हासिल गरेर आफ्नै स्वदेशमा श्रम गरेर बस्ने उदेश्यले मेहनत गरेर पढ्न आग्रह गरेका छन् । उनले पछिल्लो समय विदेश तिर जानेको जमात धेरै रहेको र उक्त जमातको अनत्य गर्नका लागि अबका विद्यार्थीले सोच्न जरुरी रहेको बताए ।
त्यस्तै उनले नेपालमा विभिन्न कार्यका लागि दक्ष जनशक्तिको अभाव देशले बारम्बार खेपिरहेको हुँदा अबका युवा-युवतीले ती समस्याहरुलाई सोच्न अत्यान्तै आवश्यक रहेको समेत बताएका छन् ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि रिजालले १२ औं ब्याजका विद्यार्थीलाई यसरी स्वागत गर्न पाउदा आफु अत्यन्तै खुशी भएको बताए । देशमै दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यले किताबी विज्ञानसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सहभागी गराएर क्याम्पस अघि बढेको सहायक क्याम्पस प्रमुख रिजालले बताए ।
दोस्रो वर्षकी प्रतिमा थापाको स्वागत मन्तव्यबाट सुरु भएको स्वागत कार्यक्रमको संचालन बिबिएस दोस्रो वर्षमा अध्ययरत छात्रा निशा चौधरीले गरेकी थिइन् ।
