
Pbu
Gsbus
Ddhbs
dsbus
Bksbus5
Gsl
Jsbus
syysr
Ssbus
Syees
Rbs
gms
Amb
Nssbus7
Ratbs
Csbus

Wsp
Vor
Sbs
Rgu
Bbu
Hal
Ggd
Rgu
Sls
Gst
Rgs
Asm
Bbbpu
Ksm
Ssm
Tsm
Pvg
Rsb
nsb

Jmb
sab
Jmb
Abd
Ptm
Bml
Syp
Gsb
Mks
Rpp
Rmb
bbt
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिका-४ मारीघाटमा रहेको चैतन्य पाठशालाको प्रथम वार्षिकोत्सब कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको वाषिर्कोत्सव उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले बालबालिकालाई संस्कार युक्त शिक्षा दिन आवश्यक रहेको बताएका छन् ।
त्यस्तै किताबी ज्ञानले मात्र नहुँने हुँदा बालबालिकालाई संस्कार युक्त शिक्षा दिन सके मात्र कल्पना गरेको जस्तो समाज निर्माण हुन सक्ने भएकोले कितावी ज्ञानसँग संस्कारयुक्त शिक्षा दिन उनले सवै विद्यालयलाई सुझाव दिएका छन् ।
सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, वरिष्ठ शिक्षा अधिकृत वेगम केसी, विद्यालयका प्रबन्धक डा. जिवराज आचार्य,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह,दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाका प्रधानाध्यापक केशवराज आचार्य, अभिभावक मिनराज अधिकारी,अभिभावक सुजन क्याटलिन आचार्य,विद्यार्थी संझना मल्ल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले गुणस्तरीय र व्यवाहारिक शिक्षा दिन चैतन्य पाठशाला अब्बल रहेको बताएका छन् । आफुहरूलाई अब्बल बनाउन निजी विद्यालयहरूले नयाँ नयाँ चिज दिदै आएपछि सामुदायिक विद्यालयहरू पनि प्रतिस्पर्धामा आएको बताएका छन् । राज्यले मात्र शिक्षाको जिम्मा लिने नभई समुदायले पनि साथ र सहयोग गर्न आवश्यक रहेको बताएका छन् ।
त्यस्तै सो अवसरमा विभिन्न खेलकुद प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न साँस्कृतिक प्रस्तुति समेत देखाइएको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्राचार्य सुष्मा रेग्मी आचार्यले प्रस्तुत गरेकी थिइन् । विद्यालयका सहायक प्राचार्य पशुपति पाैडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालक बसन्तराज भट्टराई र सुमित्रा थापाले गरेका थिए ।

