
Ratbs
Gsbus
Csbus
Jsbus
Gsl
syysr
Amb
dsbus
Nssbus7
Ddhbs
Syees
gms
Ssbus
Bksbus5
Pbu
Rbs

Asm
Rgu
Tsm
Rgu
Gst
nsb
Rgs
Hal
Ggd
Ksm
Wsp
Pvg
Sls
Bbu
Bbbpu
Sbs
Ssm
Rsb
Vor

Rmb
Bml
Jmb
Rpp
Syp
Pls
Ptm
bbt
Abd
sab
Mks
Gsb
Jmb
दाङ । गुरुकुल एकेडेमी लमहीको पहिलो वार्षिकोत्सव एक भव्य समारोहको बीच सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख (मेयर)जोगराज चौधरीको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि चौधरीले लमही क्षेत्रको शिक्षा क्षेत्रमा महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन् । उनले शिक्षा क्षेत्रमा गुरुकुल एकेडेमीलाई शिक्षाका स्तरमा अझ उच्च बनाउने उद्देश्य राखी आगामि दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा विद्यालयका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले गुरुकुल एकेडेमीको शैक्षिक उपलब्धिहरूको बारेमा जानकारी दिँदै,आगामी दिनमा विद्यालयलाई अझै प्रगति र विकासको दिशामा लैजानका लागि विविध योजनाहरू तयार गरिएको बताएका छन् । उनले विद्यालयका शिक्षक र कर्मचारीहरूको समर्पण र मेहनतलाई सराहना गर्दै, विद्यार्थीहरूको उज्जवल भविष्यको लागि सम्पूर्ण समुदायसँग सहकार्य गर्ने महत्त्वपूर्ण कुरा बताएका छन् ।
यस वार्षिकोत्सवमा छात्र(छात्राहरूका बीच विभिन्न शैक्षिक प्रतियोगिताहरू र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो । संगीत, नृत्य, कविता वाचन र नाटकका प्रस्तुतिहरूले समारोहलाई विशेष बनाएको थियो ।
कार्यक्रममा विद्यालयको शैक्षिक लक्ष्य र भविष्यका योजनाहरू प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक सुरज खनालले सबैलाई धन्यवाद ज्ञापन गरे । उनले लमही क्षेत्रमा शिक्षा क्षेत्रको सुधार र प्रगति गर्नको लागि गुरुकुल एकेडेमीको महत्वपूर्ण भूमिका रहेको बताए । यस वार्षिकोत्सवले गुरुकुल एकेडेमीलाई शैक्षिक दृष्टिकोणमा प्रगति गर्ने र क्षेत्रीय स्तरमा महत्वपूर्ण संस्थाको रूपमा स्थापित गर्न मद्दत पुर्याउने पनि बताइएको छ ।
लमही नगरपालिकामा शिक्षा क्षेत्रको विकासका लागि यस प्रकारका कार्यक्रमहरूका आयोजना महत्त्वपूर्ण छन् । यसले समुदायलाई शिक्षामा सक्रिय र समर्पित बनाउँछ र विद्यार्थीहरूको भविष्य उज्जवल बनाउन मद्दत पुर्याउँछ । कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रानाध्यापक डा. कृष्णराज डिसि,सेयर सदस्य कमल जंग सिंह ठकुरी,सितल भुषाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
