
dsbus
Syees
Amb
Csbus
Ssbus
Jsbus
Rbs
Ddhbs
gms
Gsl
Ratbs
Bksbus5
Nssbus7
Gsbus
syysr
Pbu

Rgu
Gst
Rgs
Ggd
Tsm
Bbbpu
Rsb
nsb
Sbs
Wsp
Ssm
Ksm
Rgu
Bbu
Sls
Pvg
Vor
Hal
Asm

Rmb
Abd
Jmb
Mks
Rpp
sab
Syp
Ptm
Gsb
Jmb
Pls
bbt
Bml
दाङ । देउखुरीको लमही -६ देउपुरमा रहेको आदर्श नमूना माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष श्यामनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले सामुदायिक विद्यालयको चौतर्फी विकासका लागि शिक्षक,अभिभावक निकै गम्भीर बन्नु पर्ने बताएका छन् ।
विद्यालयको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष चौधरीले शैक्षिक गुणस्तरमा कुनै प्रकारको सम्झौता नगरी निरन्तर राम्रो नतिजाका लागि सबैले कडा मेहनत गर्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा विद्यालयका पूर्वअध्यक्ष रेशमबहादुर खड्का,पूर्वप्रधानाध्यापक शशिधर ज्ञवाली,वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुसाल,खिमबहादुर शाह मावि कोलहीका प्रअ गिरिराज न्यौपाने,पत्रकारद्वय राधेश्याम गुप्ता र लीला शाह लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक तिलक गिरीले वार्षिक प्रतिवेदन र लेखा प्रमुख दुधराज चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न अक्षयकोषबाट विद्यालयका उत्कृष्ट तथा अनुशासित छात्र, छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो भने कार्यक्रममा छात्रछात्राहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।
विद्यालयका शिक्षक गिरिराज चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक बसन्तराज अधिकारी र शिक्षिका रोशी खनालले संयुक्त रुपमा गरेका थिए ।
