Sidha Patra शुक्रबार, माघ १६, २०७७

रुपन्देही । बुटवलमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताउनु भएको छ ।

ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको भन्दै प्रचण्डले ओलीको निरंकुशता केही महिना मात्र टिक्ने सभा मार्फत जानकारी दिनु भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहले बुटवलमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले घुमाउरो भाषामा अदालतले नगरे जनताको अदालतले गर्ने बताउनु भयो ।

ओलीको निरंकुशता चुड्कीको भरमा ध्वस्त हुने छ, केही महिनाभित्र’ प्रचण्डले भन्नू भयो । संसद पुनर्स्थापना हुन्छ,अदालतप्रति विश्वास छ, तर सबभन्दा ठूलो अदालत जनता हो । ओलीले पार्टी एकता तोड्ने र संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डले आरोप लगाउनु भयो । दुई वर्षभित्र आफ्नो पार्टी सरकारमा जाने र नयाँ नेपालको जग बसाल्ने प्रचण्डले बताउनु भएको हो । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी असफल हुने बताउनु भएको छ ।

त्यस्तै विरोध सभामा नेता नेपालले २०६२/६३ सालको आन्दोलन चलिरहँदा ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भनेर गरेको भविष्यवाणी असफल भएको स्मरण गर्नु भयो । १५ वर्षअघि २०६२–६३ को आन्दोलनका बेला पनि ओलीले गरेको बयलगाडाको भविष्यवाणी असफल भएको थियो’ पूर्वप्रधानमन्त्री नेपालले भन्नु भयो ।उहाँले समयको गति र प्रवाह बुझ्न सक्नुहुन्न, उहाँ समयको पछि लतारिने मान्छे हो, त्यसैले अहिले वैशाखको चुनावको भविष्यवाणी पनि असफल हुन्छ ।

केपी ओलीले कहिल्यैपनि न्यायपूर्ण आन्दोलनको नेतृत्व नगरेको उल्लेख गर्दै नेता नेपालले ओली सधैं पछाडि बसेर अरुको कुरा काट्ने, बदख्वाँई गर्ने र खुट्टा तान्ने गरेको आरोप लगाउनु भयो । आफूहरुले राम्रो काम गर्नुस्, कम बोल्नुस् भनेको तर ओलीले नमानेको उहाँले बताउनु भएको हो । त्यस्तै उहाँलाई हामीले हात समाएर हिँडाउन खोजेको थचक्क बस्नुहुन्छ अनि खाली बकबक गर्नुहुन्छ,अगतिला कुरा मात्रै बोल्न जान्नुभएको छ’ नेपालले भन्नु भयो । उहाँलाई रिस उठ्यो पत्रकार, वकिललाई गाली गर्‍यो । ओलीको पक्षमा लागेका नेताहरुलाई लक्षित गर्दै उहाँले ओलीको जालझेलमा परेकालाई आफ्नो पक्षमा आउन आग्रह गर्नु भयो ।

त्यसैगरी निर्वाचन आयोग ४ सय ४१ जनाको केन्द्रीय समितिलाई मान्यता दिएको छ । बहुमत केन्द्रीय सदस्य हामीतिरै हुनुहुन्छ,नेपालले भन्नु भयो साथीहरु ओलीको जालझेलमा पर्नुभएको छ,बाटो बिराउनु भएको छ,खुरुक्क पार्टीमा आउनुस्, तपाईंहरुलाई स्वागत छ । ओलीमा दृष्टिकोणकै ठूला दोष रहेको उल्लेख गर्दै उहाँले नवौं महाधिवेशनमा पनि जालझेल गरेर जितेको आरोप लगाउनु भयो । ओलीमा झुठ बोल्न अलिकति पनि लाज नमान्ने र अरुलाई घोचपेच गर्दा रमाउने आदत रहेको नेता नेपालको आरोप थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]