
Gisld
Rbs
Pbu
Sds
Mbdvs
mbd

Sbs
Vor
Gst
Pvg
Wsp
Rsb
Bbu
nsb
Ksm
Bbbpu
Hal
Sls
Rgs
Tsm
Ssm
Asm
Ggd
Rgu
Rgu

Pls
Abd
Mks
Gsb
Jmb
bbt
Syp
Bml
Jmb
Ptm
Rmb
Rpp
sab
रुपन्देही । बुटवलमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताउनु भएको छ ।
ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको भन्दै प्रचण्डले ओलीको निरंकुशता केही महिना मात्र टिक्ने सभा मार्फत जानकारी दिनु भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहले बुटवलमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले घुमाउरो भाषामा अदालतले नगरे जनताको अदालतले गर्ने बताउनु भयो ।
ओलीको निरंकुशता चुड्कीको भरमा ध्वस्त हुने छ, केही महिनाभित्र’ प्रचण्डले भन्नू भयो । संसद पुनर्स्थापना हुन्छ,अदालतप्रति विश्वास छ, तर सबभन्दा ठूलो अदालत जनता हो । ओलीले पार्टी एकता तोड्ने र संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डले आरोप लगाउनु भयो । दुई वर्षभित्र आफ्नो पार्टी सरकारमा जाने र नयाँ नेपालको जग बसाल्ने प्रचण्डले बताउनु भएको हो । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी असफल हुने बताउनु भएको छ ।
त्यस्तै विरोध सभामा नेता नेपालले २०६२/६३ सालको आन्दोलन चलिरहँदा ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भनेर गरेको भविष्यवाणी असफल भएको स्मरण गर्नु भयो । १५ वर्षअघि २०६२–६३ को आन्दोलनका बेला पनि ओलीले गरेको बयलगाडाको भविष्यवाणी असफल भएको थियो’ पूर्वप्रधानमन्त्री नेपालले भन्नु भयो ।उहाँले समयको गति र प्रवाह बुझ्न सक्नुहुन्न, उहाँ समयको पछि लतारिने मान्छे हो, त्यसैले अहिले वैशाखको चुनावको भविष्यवाणी पनि असफल हुन्छ ।
केपी ओलीले कहिल्यैपनि न्यायपूर्ण आन्दोलनको नेतृत्व नगरेको उल्लेख गर्दै नेता नेपालले ओली सधैं पछाडि बसेर अरुको कुरा काट्ने, बदख्वाँई गर्ने र खुट्टा तान्ने गरेको आरोप लगाउनु भयो । आफूहरुले राम्रो काम गर्नुस्, कम बोल्नुस् भनेको तर ओलीले नमानेको उहाँले बताउनु भएको हो । त्यस्तै उहाँलाई हामीले हात समाएर हिँडाउन खोजेको थचक्क बस्नुहुन्छ अनि खाली बकबक गर्नुहुन्छ,अगतिला कुरा मात्रै बोल्न जान्नुभएको छ’ नेपालले भन्नु भयो । उहाँलाई रिस उठ्यो पत्रकार, वकिललाई गाली गर्यो । ओलीको पक्षमा लागेका नेताहरुलाई लक्षित गर्दै उहाँले ओलीको जालझेलमा परेकालाई आफ्नो पक्षमा आउन आग्रह गर्नु भयो ।
त्यसैगरी निर्वाचन आयोग ४ सय ४१ जनाको केन्द्रीय समितिलाई मान्यता दिएको छ । बहुमत केन्द्रीय सदस्य हामीतिरै हुनुहुन्छ,नेपालले भन्नु भयो साथीहरु ओलीको जालझेलमा पर्नुभएको छ,बाटो बिराउनु भएको छ,खुरुक्क पार्टीमा आउनुस्, तपाईंहरुलाई स्वागत छ । ओलीमा दृष्टिकोणकै ठूला दोष रहेको उल्लेख गर्दै उहाँले नवौं महाधिवेशनमा पनि जालझेल गरेर जितेको आरोप लगाउनु भयो । ओलीमा झुठ बोल्न अलिकति पनि लाज नमान्ने र अरुलाई घोचपेच गर्दा रमाउने आदत रहेको नेता नेपालको आरोप थियो ।
