मेगमन बुढा मंगलबार, माघ १३, २०७७

दाङ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती गाउँपालिका अन्तरगत लालमटियामा वृहत जनसभाको सोमबार सम्बोधन गर्नु भएको छ ।

सभालाई सम्बोधन अर्दै मन्त्री वलीले आफू विरामी परेपछि अर्को समूह खुसीले गद्गद् हुने गरेको बताउनु भएको छ । म विमारी परे भनेर सुनेपछि गदगद् हुन्छन् । उहाँले भन्नु भयो‘ निको भएर फर्कियो भनेपछि तैतेरी भन्छन्, खच्याक्क हुन्छन् ।’ केपी ओली यो पृथ्वीमै नरहे हुन्थ्यो भन्ने गरेको समेत उहाँले बताउनु भयो । तर, उनीहरुले भनेर हुने वालो त होईन् ।’साथै उहाँले पार्टी नटुक्रिएको समेत भनाई राख्नु भएको छ । अर्को समूहले पार्टी छोडेर गएको भएपनि जनता एक ढिक्का भएर बसेको समेत बताउनु भयो । केही मानिशहरु निस्किएको मात्रै भएकाले यसमा भ्रममा नपर्न पनि अनुरोध गर्नु भयो ।‘ २÷४ जना भसमासुरहरुले पार्टी छोड्दैमा आन्दोलन कम्जोर हुनेवाला छैन् उहाँले भन्नू भयो ।

साथै चुनाबमा नजाने शक्ति लोकतान्त्रिक नहुँने समेत उहाँले बताउनु भयो । ‘उनीहरु पार्टीको बैठकमा नआएर निर्वाचन आयोगमा पुगेछन्, सूर्य र पार्टी हामी नै हौं भनेर उहाँले भन्नू भयो । करिब १० दिन पछि हामीले दावि गरेका छैनौ,दावी गर्नै पर्दैन हामी छदैछौं भन्नू भयो । फेरी गएर भने निर्वाचन आयोगमा डेलिगेशनमा गए, निर्वाचन तयार नगर भनेर । यस्ता पनि लोकतन्त्रवादी हुन्छन् ? उहाँले प्रश्न गर्नु भयो ।

त्यस्तै आफू जस्केलाबाट नगई जनताबाट निर्वाचित भएर गएको भन्दै आफूलाई काम गर्न नदिएपछि ताजा जनादेशमा जान थालेको समेत बताउनु भएको छ । अस्थीरता मच्चाउन खोज्ने तत्वहरु सल्वलाएको समेत उहाँको भनाई थियो । सभाको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूह दाङको आयोजना भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]