तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, पुष ०२, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सामुदायिक विद्यालयहरूको नियमित अनुगमन सुरु गरेका छन् ।

यसै क्रममा सोमबार वडा नम्बर ८ पिपरीस्थित शंकर माध्यमिक विद्यालयको अनुगमन गर्दै अध्यक्ष विष्टले विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार र आर्थिक पारदर्शिता जस्ता विषयमा जानकारी लिएका छन् । विद्यालय निरीक्षणपछि अध्यक्ष विष्टले शिक्षक,विद्यार्थी र अभिभावकबीचको त्रिपक्षीय सहकार्य र सुमधुर सम्बन्ध अत्यावश्यक रहेको औंल्याए ।

उनले विद्यालय प्रशासनलाई शैक्षिक सुधारका लागि ठोस कार्य योजना तयार गर्न निर्देशन दिँदै स्थानीय सरकार कुनै पनि आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे । “शैक्षिक गुणस्तर सुधार हाम्रो प्राथमिकता हो। शिक्षकहरू योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ। स्थानीय सरकार हरेक चुनौतीमा विद्यालयको साथमा छ,” अध्यक्ष विष्टले भने ।

त्यस्तै उनले गत वर्षको तुलनामा यस वर्ष एसईई परीक्षामा विद्यार्थीको उत्तीर्ण दर उच्च बनाउने लक्ष्यका साथ अहिलेबाटै सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । अध्यक्ष विष्टले शैक्षिक सुधारका लागि निरन्तर प्रयास आवश्यक रहेको भन्दै स्थानीय सरकारको तर्फबाट नियमित अनुगमन र सहयोगको प्रतिबद्धता दोहोर्‍याए ।

अनुगमनको क्रममा विद्यालयको भौतिक संरचना, शिक्षण-शिकाइको अवस्था र आर्थिक पारदर्शिताका विषयमा शिक्षक तथा विद्यार्थीहरूसँग समेत प्रत्यक्ष छलफल गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]