
Ratbs
Syees
Nssbus7
dsbus
Jsbus
Bksbus5
Csbus
Ssbus
Pbu
Ddhbs
Rbs
Amb
syysr
Gsl
Gsbus
gms

Ksm
Rgs
Wsp
Pvg
Sbs
Ggd
Rgu
Rgu
Ssm
Bbu
Tsm
Sls
nsb
Vor
Gst
Rsb
Bbbpu
Hal
Asm

bbt
Syp
Jmb
Gsb
Pls
Ptm
Bml
Rmb
Mks
Jmb
Rpp
Abd
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सामुदायिक विद्यालयहरूको नियमित अनुगमन सुरु गरेका छन् ।
यसै क्रममा सोमबार वडा नम्बर ८ पिपरीस्थित शंकर माध्यमिक विद्यालयको अनुगमन गर्दै अध्यक्ष विष्टले विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार र आर्थिक पारदर्शिता जस्ता विषयमा जानकारी लिएका छन् । विद्यालय निरीक्षणपछि अध्यक्ष विष्टले शिक्षक,विद्यार्थी र अभिभावकबीचको त्रिपक्षीय सहकार्य र सुमधुर सम्बन्ध अत्यावश्यक रहेको औंल्याए ।
उनले विद्यालय प्रशासनलाई शैक्षिक सुधारका लागि ठोस कार्य योजना तयार गर्न निर्देशन दिँदै स्थानीय सरकार कुनै पनि आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे । “शैक्षिक गुणस्तर सुधार हाम्रो प्राथमिकता हो। शिक्षकहरू योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ। स्थानीय सरकार हरेक चुनौतीमा विद्यालयको साथमा छ,” अध्यक्ष विष्टले भने ।
त्यस्तै उनले गत वर्षको तुलनामा यस वर्ष एसईई परीक्षामा विद्यार्थीको उत्तीर्ण दर उच्च बनाउने लक्ष्यका साथ अहिलेबाटै सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । अध्यक्ष विष्टले शैक्षिक सुधारका लागि निरन्तर प्रयास आवश्यक रहेको भन्दै स्थानीय सरकारको तर्फबाट नियमित अनुगमन र सहयोगको प्रतिबद्धता दोहोर्याए ।
अनुगमनको क्रममा विद्यालयको भौतिक संरचना, शिक्षण-शिकाइको अवस्था र आर्थिक पारदर्शिताका विषयमा शिक्षक तथा विद्यार्थीहरूसँग समेत प्रत्यक्ष छलफल गरेका थिए ।
