
Gsbus
Gsl
Bksbus5
Jsbus
Amb
Pbu
syysr
Rbs
Nssbus7
dsbus
Csbus
Ratbs
Ssbus
Ddhbs
gms
Syees

nsb
Bbbpu
Rsb
Gst
Ggd
Pvg
Asm
Rgu
Vor
Ssm
Sls
Hal
Wsp
Rgu
Rgs
Bbu
Sbs
Tsm
Ksm

Gsb
Abd
sab
Ptm
bbt
Jmb
Syp
Mks
Jmb
Bml
Rpp
Rmb
Pls
दाङ । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ कालिका नगर निवासी सुनचाँदी व्यवसायी इमान सिंह मल्लले लमही नगरपालिका वडा नम्बर ९ मा रहेको प्राथमिक विद्यालय भ्युसनपुरमा अध्ययनरत गरिब तथा विपन्न बर्गका बालबालिकालाई न्यानो कपडा प्रदान गर्नु भएको छ ।
व्यवसायी मल्लले आफ्नो धर्मपत्नी गंगा विश्वकर्मा, प्रेम सुनार र धन प्रकाश श्रेष्ठ सहित सो विद्यालयमा पुगेर विद्यालयका ८० जना बालबालिकालाई स्विटर र उनिको टोपी वितरण गर्नु भएको हो । जन्मदिनमा फजुल खर्च नगरी विद्यालयका साना बालबालिकालाई चिसोको समयमा विद्यालय आउन सहज होस् भन्ने उदेश्यले न्यानो पोशाक वितरण गरिएको सुनचाँदी व्यवसायी इमानसिंह मल्लले बताए । जन्मदिनमा भोज भतेर गरेर फजुल खर्च गर्नु भन्दा पढ्ने इच्छा हुँदा हुँदै आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसकेका बालबालिकाहरुलाई सहयोग गर्नु उचित भएको उनको भनाई छ ।
त्यसैगरी अर्का व्यवसायी प्रेम सुनारले समाज परिवर्तन र दिन दुखिहरुको पक्षमा सधै उभिएर आफुलाइ व्यवसायीको रुपमा मात्रै नभएर एउटा सफल सामाजिक अभियान्ताका रुपमा चिनाउने उधेश्यले सधै समाज निर्माणका लागि अग्रसर रहेको बताए । आगामी दिनमा सो विद्यालयलाई के कस्तो सहयोग गर्नु पर्छ त्यसका लागि समन्वय गर्ने उनको भनाई छ ।
त्यस्तै जन्मदिनको अवसर पारेर व्यवसायी मल्लले रचनात्मक तथा उदाहरणीय कार्य गरेको भन्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश विश्वकर्माले न्यानो कपडा वितरण गरेकोमा धन्यावाद प्रकट गरेका छन् । साथै आगामी दिनमा पनि मल्ल परिवारबाट सहयोगको अपेक्षा राख्दै विद्यालयको शैक्षिक गुणस्तरको निमित्त अन्य सहयोगी मनहरुलाई समेत सहयोग गरिदिनुहुन अध्यक्ष विश्वकर्माले आह्वान गरेका छन् ।
लमही नगरपालिकाका कार्यपालिका सदस्य पार्वती विश्वकर्माले राज्यसंगै मिलेर निजि क्षेत्र र व्यवसायीले पनि सकेको सहयोग गर्नु राम्रो पक्ष भएको बताइन् । त्यति टाढाबाट आएर विकट स्थानमा भएको विद्यालयमा पढ्ने नानीबाबुलाई सहयोग गरेकोमा धन्यवाद दिइन् ।
प्राथमिक विद्यालय भ्युसनपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश विश्वकर्माको अध्यक्षता तथा लमही नगरपालिकाका कार्यपालिका सदस्य पार्वती विश्वकर्माको प्रमुख आतिथ्यता र सहयोगी दाता इमानसिंह मल्लको विशिष्ट आतिथ्यतामा न्यानो कपडा वितरण गरिएको थियो । विद्यालयका शिक्षक ज्ञानु चौधरीले स्वागत गरेका थिए भने विद्यालयका प्रधानाध्यापक ओम प्रकाश बस्नेतले कार्यक्रमको संचालन गरेका थिए ।
त्यस्तै सो अवसरमा वडा सदस्य अम्मर बहादुर वली,गणेश बहादुर कुमाल, व्यवसायी ज्ञानेन्द्र स्वर्णकार लगायतको उपस्थिति रहेको थियो । बालबालिकालाई न्यानो कपडा प्रदान गर्ने व्यवसायी मल्ललाई कदर पत्रले सम्मान गरिएको थियो भने सुनार, विश्वकर्मा र श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।
