प्रिया स्मृती गजमेर/लमही बिहिबार, मंसिर २७, २०८१

दाङ । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ कालिका नगर निवासी सुनचाँदी व्यवसायी इमान सिंह मल्लले लमही नगरपालिका वडा नम्बर ९ मा रहेको प्राथमिक विद्यालय भ्युसनपुरमा अध्ययनरत गरिब तथा विपन्न बर्गका बालबालिकालाई न्यानो कपडा प्रदान गर्नु भएको छ ।

व्यवसायी मल्लले आफ्नो धर्मपत्नी गंगा विश्वकर्मा, प्रेम सुनार र धन प्रकाश श्रेष्ठ सहित सो विद्यालयमा पुगेर विद्यालयका ८० जना बालबालिकालाई स्विटर र उनिको टोपी वितरण गर्नु भएको हो । जन्मदिनमा फजुल खर्च नगरी विद्यालयका साना बालबालिकालाई चिसोको समयमा विद्यालय आउन सहज होस् भन्ने उदेश्यले न्यानो पोशाक वितरण गरिएको सुनचाँदी व्यवसायी इमानसिंह मल्लले बताए । जन्मदिनमा भोज भतेर गरेर फजुल खर्च गर्नु भन्दा पढ्ने इच्छा हुँदा हुँदै आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसकेका बालबालिकाहरुलाई सहयोग गर्नु उचित भएको उनको भनाई छ ।

त्यसैगरी अर्का व्यवसायी प्रेम सुनारले समाज परिवर्तन र दिन दुखिहरुको पक्षमा सधै उभिएर आफुलाइ व्यवसायीको रुपमा मात्रै नभएर एउटा सफल सामाजिक अभियान्ताका रुपमा चिनाउने उधेश्यले सधै समाज निर्माणका लागि अग्रसर रहेको बताए । आगामी दिनमा सो विद्यालयलाई के कस्तो सहयोग गर्नु पर्छ त्यसका लागि समन्वय गर्ने उनको भनाई छ ।

त्यस्तै जन्मदिनको अवसर पारेर व्यवसायी मल्लले रचनात्मक तथा उदाहरणीय कार्य गरेको भन्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश विश्वकर्माले न्यानो कपडा वितरण गरेकोमा धन्यावाद प्रकट गरेका छन् । साथै आगामी दिनमा पनि मल्ल परिवारबाट सहयोगको अपेक्षा राख्दै विद्यालयको शैक्षिक गुणस्तरको निमित्त अन्य सहयोगी मनहरुलाई समेत सहयोग गरिदिनुहुन अध्यक्ष विश्वकर्माले आह्वान गरेका छन् ।

लमही नगरपालिकाका कार्यपालिका सदस्य पार्वती विश्वकर्माले राज्यसंगै मिलेर निजि क्षेत्र र व्यवसायीले पनि सकेको सहयोग गर्नु राम्रो पक्ष भएको बताइन् । त्यति टाढाबाट आएर विकट स्थानमा भएको विद्यालयमा पढ्ने नानीबाबुलाई सहयोग गरेकोमा धन्यवाद दिइन् ।

प्राथमिक विद्यालय भ्युसनपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश विश्वकर्माको अध्यक्षता तथा लमही नगरपालिकाका कार्यपालिका सदस्य पार्वती विश्वकर्माको प्रमुख आतिथ्यता र सहयोगी दाता इमानसिंह मल्लको विशिष्ट आतिथ्यतामा न्यानो कपडा वितरण गरिएको थियो । विद्यालयका शिक्षक ज्ञानु चौधरीले स्वागत गरेका थिए भने विद्यालयका प्रधानाध्यापक ओम प्रकाश बस्नेतले कार्यक्रमको संचालन गरेका थिए ।

त्यस्तै सो अवसरमा वडा सदस्य अम्मर बहादुर वली,गणेश बहादुर कुमाल, व्यवसायी ज्ञानेन्द्र स्वर्णकार लगायतको उपस्थिति रहेको थियो । बालबालिकालाई न्यानो कपडा प्रदान गर्ने व्यवसायी मल्ललाई कदर पत्रले सम्मान गरिएको थियो भने सुनार, विश्वकर्मा र श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]