
Lks
Rgp
Sgp
Jns
lnp
Lnp
Rgp
Rgp
Usb
Dus
ksb
Rgp
Ggp
Ggp
Asb

lms

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर –२ पिपरामा अवस्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २०८१ सालको नतिजामा लुम्बिनी प्रदेशमा प्रथम र नेपाल अधिराज्यमा द्वितीय स्थान हासिल गरेको प्रतिष्ठित शैक्षिक संस्था हो ।
वि.सं. २०५४ सालमा स्थापित यस प्रतिष्ठानले स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल प्रतिष्ठानमा एचए, ल्याब टेक्निसियन,फिजियो थेरापी र अमिन जस्ता कोर्सहरू सञ्चालन गर्दै आएको यस प्रतिष्ठानले अब फार्मेसीमा पनि ४० सिट शैक्षिक सत्र २०८१।०८२ लागि सि.टि.ई.भी.टी. बाट अनुमति प्राप्त गरेको छ।
त्यस्तै फार्मेसी,स्वास्थ्य विज्ञानको एक महत्वपूर्ण शाखा हो जसले औषधि निर्माण, वितरण र व्यवस्थापनसँग सम्बन्धित विज्ञान र कलाको अध्ययन गर्दछ । फार्मेसिस्टहरू बिरामीहरूलाई औषधि सम्बन्धी सल्लाह दिने,औषधि बनाउने र वितरण गर्ने काम गर्दछन् ।
यस्तै कपिलवस्तु लगायत अन्य जिल्लाका फार्मेसी पढ्न चाहने विद्यार्थीका लागि राम्रो अवसर रहने क्याम्पस प्रशासनले जनाएको छ ।
