
Ges
Mbf
snmbs
Pbu
Snmbs
Gesld
Dbc
Snmbs
rgs
Dpm
Amb
dpm
Sdc


दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तर वडा नम्बर १ पटौली नाकामा बिहीबार नेपाल कम्युनिस्ट पार्टी नेकपाले मुख्य कार्यकर्ता भेलागरि समसामयिक देशको घटना सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा राजपुर गाउँ कमिटीका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा दाङ जिल्लाका इन्चार्ज तथा केन्द्रीय सदस्य जीवन गौतमको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य इन्द्रजित थारुको विशेष अतिथिमा संचालन भएको मुख्य कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि गौतमले समसामयिक देशको घटना सम्बन्धि र प्रधानमन्त्री वलिले गरेको क्रियाकलाप भसमासुर सङ्ग्या दिदै कार्यकर्तालाई एकजुट भएर वलीले गरेको प्रतिगमन विरुद्धमा लाग्न निर्देशन दिनु भएको छ ।
नेकपा राजपुर गाउँ कमिटीका सल्लाहकार बहादुर घर्तीको स्वागत मन्तव्यबाट संचालन भएको प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा लुम्बिनी प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने (सागर), जिल्ला सचिव सुवास पुन,राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गाप्रसाद शर्मा (गोपाल), वडा नम्बर ६ का अध्यक्ष श्यामबहादुर रोका,वडा नम्बर १ का वडा सदस्य दोय केशमाला सुनार,गोमा अधिकारी,नेकपा राजपुर गाउँ कमिटी सचिवालय सदस्य अम्मरराज गिरी लगायतको सहभागी रहेको थियो ।
त्यस्तै सो कार्यक्रममा वडा नम्बर १ बरवा, पटौली,सिरिया, सुकौली,गुरुङ नाकाका प्रमुख कार्यकर्ताको उपस्थितिमा सम्पन्न भेलामा ५ वाट बस्तीको स्थिति बारेमा नेकपा राजपुर गाउँ कमिटीका सदस्य बिनोद घर्ती,वडा कमिटीका सदस्य हेमराज गिरी लगायतकाले जानकारी गराउनु भएको कार्यक्रम कार्यक्रमको संचालन राजपुर गाउँपालिका अन्तरगत वडा नम्बर १नेकपा वडा कमिटीका अध्यक्ष नारायण बहादुर पुन मगरले गर्नु भएको थियो ।
