
Gsbus
Ssbus
Ratbs
Bksbus5
Syees
Ddhbs
gms
Rbs
Jsbus
Amb
syysr
Nssbus7
Csbus
Gsl
Pbu
dsbus

Wsp
Gst
Bbbpu
Ggd
Asm
nsb
Ksm
Rgs
Rgu
Tsm
Vor
Hal
Bbu
Rgu
Sbs
Pvg
Rsb
Sls
Ssm

Gsb
Abd
Rmb
Rpp
Jmb
Ptm
bbt
Bml
Pls
Mks
Jmb
sab
Syp
दाङ । राजपुर गाउँपालिका वडा नम्बर -२ मटेरिया स्थित जन ज्योति माध्यमिक विद्यालयकोे ६२ औं वार्षिक उत्सव समारोह कार्यक्रम भव्यताका साथ सोमबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओम प्रकाश यादवको अध्यक्षता तथा पूर्व शहरी विकास मन्त्री एवं दाङ क्षेत्र नम्बर १ का संघीय सांसद मेटमणी चौधरीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा बाेल्दै प्रमूख अतिथि चौधरीले बाटो-घाटो, बिजुली, सिचाइ, आदि भन्दा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आफुले निरन्तर काम गरिरहेको बताए। अहिले आफ्नो निर्वाचन क्षेत्रमा धेरै जस्तो विद्यालयको बिल्डिङ, भवन,संरचनाहरु बनिसकेको समेत बताए। उनले राजपुरको अन्य विद्यालयको तुलनामा जनज्योति माध्यमिक विद्यालय आफ्नो विशेष रोजाइ परेको र सो विद्यालयलाई आफु सांसद भएदेखि १ करोड पचासी लाख राखिसकेको र अब १ करोड बजेट व्यवस्थापन गर्ने समेत बताएका छन् । यस्तै उनले अहिले शिक्षा क्षेत्रमा मात्रै २० करोड रुपैयाँँ बजेट विनियोजन गर्ने आफ्नो लक्ष्य एवं योजना रहेको कार्यक्रममा बताए ।
त्यस्तै सभ्य समाज निर्माण गर्नका लागि पहिले आम मानिसलाई शिक्षा नै अत्यन्तै आवश्यक रहेको हुँदा आफुले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएर अघि बढेको समेत बताए । उनले शिक्षालाई उत्कृष्ट र समृद्ध बनाउनका लागि सरोकारवाला निकाय सबैले आ-आफ्नो स्थानबाट लागि पर्नुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले शिक्षालाई नि:शुल्क बनाउदा समेत राम्रो नतिजा ल्याउन नसक्दा आफू दुखि भएको बताए । एसईईको नतिजामा पालिका भित्र जम्मा १ जना विद्यार्थी पास हुनु शिक्षक, अभिभावक वा कर्मचारी र जनप्रतिनिधिको कसको गल्ती हो, यस विषयमा अभिभावकसंग आफुले छलफल गर्ने योजना समेत बनाएको बताए । उनले अहिले जनज्योति माध्यमिक विद्यालय अस्थायी समितिको रोहवरमा विद्यालय चलिरहेको हुँदा अबको १५ दिन भित्र निकास हुने गरि पालिकाले कार्य अघि बढाउने बताएका छन्।
त्यस्तै यस वर्षको उत्कृष्ट शिक्षककाे रुपमा लिलाराम चौधरीलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियोे । विद्यालयमा भिमसेन खनाल, गुरु प्रसाद चौधरी र कमला चौधरी र चोलिराम चौधरीको सम्झनामा स्थापना भएको स्मृति अक्षयकोषबाट विद्यालयमा अध्ययनरत एकदमै गरिब, असहाय विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। शैक्षिकसत्र २०८० मा शिशु देखि १२ कक्षासम्म अध्यनरत प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीहरु,अनुशासित विद्यार्थीहरु ,विभिन्न कार्यक्रममा विजेता हुने खेलाडीहरुलाई पुरस्कृत तथा सम्मान गरिएकाे थियो।
कार्यक्रममा उपाध्यक्ष धनपति यादव, राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्त बहादुर डाँगी,शिक्षक अभिभावक संघ अध्यक्ष गिरिराज बस्नेत,निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरी,विद्यालयका पूर्व शिक्षक नारायण पुरी,विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमुना प्रसाद यादव,दुर्गा सामुदायिक वनका अध्यक्ष ऋषिराम यादव,समाजसेवी एवं बुद्धिजीवी मान बहादुर बुढा,टेकबहादुर सुनार,विद्यार्थी श्रवण कुमार यादव, शुशिला रोका लगायतका वक्ताहरूले शुभकामना मनत्व्य व्यक्त गरेका थिए।
विद्यालयका शिक्षक मीनबहादुर चौधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशवराम यादवले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक भीमकान्त यादव र भावना सुवेदीले गरेका थिए । वार्षिक उत्सवमा विद्यार्थीहरूले स्वागत गान, मन्तव्य र नृत्यजस्ता आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए।
