दिपक वली/घोराही आइतबार, मंसिर ०२, २०८१

दाङ । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको विद्यार्थि प्रशिक्षण कार्यक्रममा साहित्यकार तथा वाल मनो विज्ञ डा.लोकराज पराजुलीले शिक्षण सिकाई कृयाकलापमा पढाई संगसंगै अभ्यासपनि आवश्यक रहेको बताए ।

विद्यालयको प्राथना तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख प्रशिक्षकका रुपमा समेत रहनुभएका डा.पराजुलीले विद्यार्थीहरुलाई दाँया र बायाँ दुबै हातले बोर्डमा लेखाउदै अभ्यास जरुरी रहेको बताए । जुन कुराको नियमित अभ्यास हुन्छ त्यसै कुराको ज्ञान बढि हुने भएकाले नियमित अभ्यास गर्न विद्यार्थीहरुलाई सुझाव समेत दिएका थिए । साथै चाविले खुल्ने ताला र तोडफोड गरेर खोलेको तालाको डेमो देखाउदै अध्ययणको शिलसिलामा चिट चोर्नु देखावटि मात्र हुने बताएका थिए ।

तोडफोड गरेको ताला र चिट चोरेको नतिजा एउटै भएको र यसरी प्राप्त गरेको कुरा अर्कोपटक काम नलाग्ने समेत उनले तर्क प्रस्तुत गरेका थिए। उनले यसरी भएको उतिर्ण केवल कागजमा मात्र हुनेहुँदा गुरुकुल एकेडेमीले प्रदाण गर्ने शिक्षानै उत्तम रहेको बताए । गुरुकुल एकेडेमीले शिक्षा,संस्कार र संस्कृतिको त्रिवेणि भन्ने मुल मन्त्रलाई शिरोपर गर्दै सोहि अनुसार घोकन्ते विद्या नभएर सैद्धान्तिक संगै ब्यबहारीक शिक्षा प्रदान गर्ने गरेको भन्दै यस्तो शिक्षाले वास्तविक महत्व देखाउने बताएका थिए ।

त्यस्तै प्रत्येक महिनाको पहिलो दिन गुरुकुल एकेडेमीले सांस्कृतिक पोसाक पहिरीने र एक जना सम्बन्धित विषयका बिज्ञ प्रशिक्षकहरुलाई लिएर विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्ने गरेको विद्यालयका प्रधानाध्यापक डा.कृष्णराज डिसिले जानकारी दिए । गुरुकुल एकेडेमी घोराही,लमही र तुलसिपुर गरी तिनै वटा विद्यालयमा सांस्कृतिक पोसाक तथा प्रशिक्षण कार्यक्रममो आयोजना गरीएको थियो । विद्यालयको निमित क्यालेन्डर अनुसार यो कार्यक्रमको आयोजना गरीएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]