
Gsl
Rbs
Ratbs
Bksbus5
Jsbus
Amb
Nssbus7
syysr
Syees
Ssbus
Gsbus
Ddhbs
dsbus
Csbus
Pbu
gms

Ksm
Gst
Ssm
Bbbpu
Pvg
Vor
Tsm
Asm
Rsb
Rgs
Hal
Ggd
Rgu
Sls
Wsp
Bbu
nsb
Rgu
Sbs

bbt
Rmb
Syp
Ptm
Mks
Rpp
Abd
Jmb
Gsb
sab
Jmb
Bml
Pls
दाङ । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको विद्यार्थि प्रशिक्षण कार्यक्रममा साहित्यकार तथा वाल मनो विज्ञ डा.लोकराज पराजुलीले शिक्षण सिकाई कृयाकलापमा पढाई संगसंगै अभ्यासपनि आवश्यक रहेको बताए ।
विद्यालयको प्राथना तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख प्रशिक्षकका रुपमा समेत रहनुभएका डा.पराजुलीले विद्यार्थीहरुलाई दाँया र बायाँ दुबै हातले बोर्डमा लेखाउदै अभ्यास जरुरी रहेको बताए । जुन कुराको नियमित अभ्यास हुन्छ त्यसै कुराको ज्ञान बढि हुने भएकाले नियमित अभ्यास गर्न विद्यार्थीहरुलाई सुझाव समेत दिएका थिए । साथै चाविले खुल्ने ताला र तोडफोड गरेर खोलेको तालाको डेमो देखाउदै अध्ययणको शिलसिलामा चिट चोर्नु देखावटि मात्र हुने बताएका थिए ।
तोडफोड गरेको ताला र चिट चोरेको नतिजा एउटै भएको र यसरी प्राप्त गरेको कुरा अर्कोपटक काम नलाग्ने समेत उनले तर्क प्रस्तुत गरेका थिए। उनले यसरी भएको उतिर्ण केवल कागजमा मात्र हुनेहुँदा गुरुकुल एकेडेमीले प्रदाण गर्ने शिक्षानै उत्तम रहेको बताए । गुरुकुल एकेडेमीले शिक्षा,संस्कार र संस्कृतिको त्रिवेणि भन्ने मुल मन्त्रलाई शिरोपर गर्दै सोहि अनुसार घोकन्ते विद्या नभएर सैद्धान्तिक संगै ब्यबहारीक शिक्षा प्रदान गर्ने गरेको भन्दै यस्तो शिक्षाले वास्तविक महत्व देखाउने बताएका थिए ।
त्यस्तै प्रत्येक महिनाको पहिलो दिन गुरुकुल एकेडेमीले सांस्कृतिक पोसाक पहिरीने र एक जना सम्बन्धित विषयका बिज्ञ प्रशिक्षकहरुलाई लिएर विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्ने गरेको विद्यालयका प्रधानाध्यापक डा.कृष्णराज डिसिले जानकारी दिए । गुरुकुल एकेडेमी घोराही,लमही र तुलसिपुर गरी तिनै वटा विद्यालयमा सांस्कृतिक पोसाक तथा प्रशिक्षण कार्यक्रममो आयोजना गरीएको थियो । विद्यालयको निमित क्यालेन्डर अनुसार यो कार्यक्रमको आयोजना गरीएको हो ।

