
Gsl
Amb
Ssbus
Rbs
Bksbus5
Ratbs
Gsbus
Nssbus7
Pbu
Ddhbs
gms
syysr
Jsbus
Csbus
dsbus
Syees

Ssm
nsb
Rgu
Rgs
Rgu
Ggd
Hal
Bbu
Tsm
Bbbpu
Wsp
Ksm
Sls
Rsb
Pvg
Vor
Sbs
Gst
Asm

Ptm
Pls
Rmb
Bml
Syp
bbt
Abd
Jmb
Mks
Gsb
Rpp
Jmb
sab
दाङ । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले मिडिया हाउसको अवलोकन गरेका छन । गुरुकुल एकेडेमी घोराही कक्षा ६ देखि कक्षा ९ सम्मका करीव १५० जना विद्यार्थीहरुले दाङ घोराहीबाट दैनिक रुपमा प्रकाशित हुने रंगिन पत्रिका नँया युगबोध राष्ट्रिय दैनिक पत्रिकाको प्रकाशन कक्षको अवलोकन गरेका हुन ।
विद्यार्थीहरुलाई समाचार निर्माण र मिडियाबाट प्रकाशन सम्बन्धि ब्यबहारीक ज्ञान दिनको लागि संचार घरहरुको अवलोकन गराउने गरी कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले जानकारी दिए । यद्यपि यस्ताखालका गतिबिधि रहेका जानकारी मुलक प्रशिक्षण कार्यक्रम विद्यालयमा पनि आयोजना गर्ने गरिएका प्रधानाध्यापक डिसिले जानकारी दिए ।
त्यस्तै उनले प्रशिक्षण मात्र नभएर प्रतक्ष्य रुपमा संचार घरको अवलोकन गराउदा अझै विद्यार्थीहरुले जानकारी लिन सक्ने र प्रभावकारी राम्रो हुने बताए । यसैगरी विद्यार्थीहरुले पनि आफुले विभिन्न सामाजिक संजालका प्ल्याटफममा देखेका समाचारहरु कसरी बन्छन र प्रशारण हुन्छन भन्ने कुराको खुल्दुलि रहेको कक्षा ९ मा अध्ययणरत छात्र आरुष शाक्यले बताए ।
आज विद्यालयले आयोजना गरेको मिडिया हाउस अवलोकन कार्यक्रमले आफुले धेरै कुराको जानकारी लिन सफल भएको उनले बताए । गुरुकुल एकेडेमीले आयोजना गर्ने विभिन्न अतिरीक्त कृयाकलापहरुमा सहभागि हुँदा विद्यार्थीहरुको सर्वागिंन बिकास हुने विद्यार्थीहरुले बताएका छन । पत्रिका प्रकाशन सम्बन्धि नँया युगबोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मी आचार्यले जानकारी गराएकी थिइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसि,संस्कार प्रमुख भुगोल कवर मगर , परीक्षा संयोजक विवेक देबकोटा,विज्ञान विषय संयोजक भवन आचार्य र इसिए संयोजक विशालमान श्रेष्ठको सभागिता रहेको थियो ।
