
gms
Nssbus7
Gsl
Pbu
Jsbus
Gsbus
dsbus
Rbs
Syees
Bksbus5
Csbus
syysr
Ratbs
Ddhbs
Amb
Ssbus

Rgu
Ssm
Rgs
Vor
nsb
Rsb
Bbu
Sbs
Wsp
Ggd
Rgu
Hal
Gst
Asm
Tsm
Pvg
Ksm
Sls
Bbbpu

Syp
Jmb
sab
Mks
bbt
Rmb
Jmb
Rpp
Gsb
Abd
Ptm
Pls
Bml
काठमाडौँ । अब २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले अन्तिम एकपटकका लागि मौका परीक्षाको व्यवस्था गरेको हो । त्यसका लागि फाराम भर्न आह्वान गरेको छ । रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको हो । त्यसका लागि आगामी मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत आवेदन फारम भर्नुपर्नेछ । पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डी र ई ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ ।
त्यसका लागि एक हजार रुपैयाँ परीक्षा आवेदन शुल्क तोकिएको छ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका परीक्षार्थीहरूले समेत तोकिएकै समयभित्र प्रति खण्ड एक हजार रुपैयाँ तिरेर फाराम भर्न सकिने बोर्डले जनाएको छ ।
