
Gsl
syysr
Gsbus
gms
Ssbus
Ratbs
Ddhbs
Jsbus
Csbus
Rbs
dsbus
Bksbus5
Pbu
Nssbus7
Amb
Syees

Gst
Rgs
Wsp
Rsb
Ssm
Rgu
Pvg
Asm
Tsm
Vor
Sbs
nsb
Bbbpu
Ksm
Bbu
Rgu
Ggd
Sls
Hal

Ptm
sab
bbt
Jmb
Mks
Rmb
Pls
Abd
Jmb
Bml
Rpp
Gsb
Syp
दाङ । गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु संयोजकमा राजन अधिकारी नियुक्त भएका छन् । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिए ।
शिक्षण पेशामा १४ वर्षको लामो अनुभव बटुलेर अंग्रेजि विषयमा मास्टर्स गरेका अधकिारीले विद्यालयको प्लस टुलाई उच्च व्यवस्थापन र उच्च गुणस्तरका साथ संचालन गर्ने छन् भन्ने विश्वास समेत अध्यक्ष घिमिरेले गरे । विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरे,प्रधानाध्यापक डा. कृष्णराज डिसि,सेयर सदस्य तथा पुर्व शैक्षिक निर्देशक योगेश कुमार गोइत लगायतको समूहले अधिकारीलाई संयोजकमा नियुक्त गरेका हुन् । २०७२ सालबाट संचालनमा आएका विद्यालयको ब्यापक सफलता पछि २०७८ सालबाट प्लस टु संचालनमा ल्याएको थियोे ।
त्यस्तै नव नियुक्त संयोजक अधिकारीले पदभार ग्रहण गर्दै विद्यालयले दिएको जिम्मेवारी पुरा गर्ने र प्लस टुलाई वृहत रुपमा उच्च गुणस्तर शिक्षाको हवको रुपमा लैजाने र सबै अभिभावकको रोजाईमा पर्ने गरी अगाडि बढाउने बताए । साथै उनले गुरुकुलमा भर्ना भई सकेपछि विद्यार्थीले नेतृत्व गर्न सक्ने क्षमताका साथ गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए ।
अधिकारी विभिन्न विद्यालयको जिम्मेवार पदमा रहेर कार्य सम्पादन गरेको अनुभव रहेको र यस भन्दा अगाडि पशुपति विद्याआश्रम नारायणपुरको विद्यालय संयोजक रहेका थिए भने शैक्षिक सत्र २०८१ जेष्ठ २३ गतेबाट गुरुकुल एकेडमी प्लस टु ब्यबस्थापन संयोजकमा नियुक्त भएका थिए । गुरुकुल एकेडेमी प्लस टुमा विज्ञान तथा व्यवस्थापन संकायमाका कार्यक्रमहरु संचालनमा छन् ।
