इराधा झाक्री मगर बुधबार, कार्तिक १४, २०८१

दाङ । ब्रह्रामा कुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा राप्ती दाङको आयोजनामा बुधबार बधाई,स्वागत एवं स्नेह मिलन तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिका-१ पाखापानीमा सम्पन्न भएको छ ।

ब्रह्रामा कुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा राप्ती पाखापानीका अध्यक्ष यमुना दिदीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव उमेश ढुंगानाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले हरेक नागरिकमा आध्यात्मिक चिन्तन हुन आवश्यक रहेको बताएका छन् ।अध्यक्ष विष्टले भाैतिक चिन्तनबादका कारण देशको देशमा ठुला ठुला आन्दोलन भएको उदाहरण दिदै अध्यक्ष विष्टले अब समाज तथा देशलाई सहि दिशामा लग्न पनि आध्यात्मिक चिन्तन हुन आवश्यक रहेको र हरेक चिजको परिवर्तन सम्भव रहेको बताए । साथै सुधान बिश्वको धनी हो त्यहा नेतृत्व पङ्ती राम्रो नभएर युद्ध भुमि भनेको छ । सुधान बिश्वको १० रहेको छ भने सिङापुर बिश्वको २२ स्थानमा जलमय रहेको फोहोर मैला खरानी जम्मा गरि जमिन बनेको छ जस्ता उदाहरण दिदै नेेतृत्वतहको आध्यात्मिक चिन्तन हुन जरुरी रहेको पनि बताए ।

निजि र सरकार मिले असम्भव केही छैन अध्यक्ष विष्टले अहिले समाज अराजता तिर गईरहेको प्रति चिन्ता व्यक्त गर्दै अब सबैमा आध्यात्मिक चिन्तनको विकास गर्न सुझाव समेत दिएका छन् । साथै अध्यक्ष विष्टले शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा नवनिर्वाचित राप्ती उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरूलाई टीका, फूलमाला सहित बधाई तथा स्वागत गरिएको थियो । सो अवसरमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली,राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रवक्ता माधव तिमिल्सिनाले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]