
Ssbus
Amb
Nssbus7
Gsbus
Ddhbs
Bksbus5
Pbu
Gsl
syysr
Csbus
Rbs
dsbus
Jsbus
Ratbs
gms
Syees

Hal
Vor
Tsm
Bbu
Pvg
Sls
Gst
Rgu
Wsp
Sbs
Bbbpu
nsb
Rgu
Rsb
Asm
Ggd
Ssm
Ksm
Rgs

Ptm
Abd
Rpp
Bml
Rmb
Jmb
Pls
Jmb
Gsb
Syp
Mks
bbt
sab
दाङ । यतिबेला दाङको घोराही स्थित राजविद्या पाठशालाका विद्यार्थीहरु पढाइसँगै विभिन्न वैज्ञानिक उपकरण निर्माणमा व्यस्त रहेका छन् ।
कक्षाकोठामा अध्ययन गरेका सैद्धान्तिक पक्षलाई प्रयोगात्मक रूपमा उतार्न उनीहरुलाई भ्याइनभ्याइ भएको छ ।बप्रयोगात्मक कक्षालाई अझ प्रभावकारी बनाउन विद्यार्थीहरू लागि परेका छन् । मङ्गलबार आज विहान विद्यालयले पत्रकार सम्मेलन गरी विद्यार्थीले पछिल्लो समयमा निर्माण गरेका वैज्ञानिक उपकरणका बारेमा जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा विद्यालयले विद्यार्थीहरुले पछिल्लो समयमा निर्माण गरेका हवाइजहाज, ड्रोन र पानी जहाजका विषयमा जानकारी गराएको छ । एक हप्तामा विद्यार्थीहरूले निर्माण गरेका हवाइजहाज,ड्रोन र पानी जहाजलाई प्रयोगात्मक रूपमा पनि परीक्षण समेत गरिएको छ । कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले परियोजना कार्य अन्तर्गत हवाइजहाज, ड्रोन र पानी जहाज निर्माण गरेको विद्यालयका प्रिन्सिपल टीकाजंग बिकेले जानकारी गराए ।
‘हामीले सैद्धान्तिक पक्षलाई बढीभन्दा बढी प्रयोगात्मक कार्यसँग जोड्दै लैजाने गरेका छौँ । सैद्धान्तिक पक्षको अध्ययनलाई प्रयोगात्मक कक्षाले सिकाइमा सहज गराउँदछ । योसँगै बालबालिकाभित्र रहेका अन्तर्निहित क्षमतालाई विकास र विस्तार गर्न प्रयोगात्मक कक्षाले सहयोग पुर्याउँदछ । त्यसै अनुरुप पछिल्लो पटक परियोजना कार्य अन्तर्गत कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले हवाइजहाज,ड्रोन र पानी जहाज निर्माण गरेका छन् । छोटो अवधिभित्र विद्यार्थीले यस्ता उपकरण निर्माण गर्न सफल भएका छन् । आगामी दिनमा विद्यालयले यस्ता कार्यलाई निरन्तरता दिँद लैजाने योजना बनाएको छ ।’ प्रिन्सिपल बिकेले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले साना उमेरका बालबालिकाले उच्च तहको काम गरेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘हेर्दा साधारण तर असाधारण कार्यमा विद्यार्थीहरु दक्ष हुँदै गएको पाएँ । पछिल्लो समयमा बालबालिका विज्ञान र प्रविधिका जानकार हुँदै आएका छन् अझ विद्यालयले बालबालिकालाई यस्ता कार्यमा लगाउनाले सिर्जनात्मक क्षमता बढ्दै जानेमा विश्वास लागेको छ । हामीले बालबालिकालाई रचनात्मक तथा सिर्जनात्मक काममा तल्लीन राख्न सकेमा बालबालिकाको चौतर्फी विकास हुन्छ । यसमा विद्यालय र अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ ।’
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पछिल्लो पुस्ताले विज्ञान र प्रविधिलाई प्रभावकारी रुपमा अनुशरण गर्दै जान थालेको बताए । पोख्रेलले भने, ‘ हामीले हवाइजहाज आकाशमा उड्छ भनेर पढ्यौँ तर अहिलेको पुस्ताले कसरी उड्छ मात्र होइन उड्न सक्ने हवाइजहाज निर्माण गर्न थालेका छन् । पछिल्लो पुस्ता अघिल्लो पुस्ताभन्दा अब्बल हुनुपर्छ र अघिल्लो पूसताले पछिल्लो पुस्तालाई अब्बल बनाउने कर्तव्य बहन गर्नुका साथै वातावरण सिर्जना गर्नुपर्छ ।
त्यस्तै पछिल्लो पुस्तालाई कस्तो बनाउने भन्नेमा विद्यालयको अझ बढी जिम्मेवारी हुन्छ, आज विद्यार्थीहरुको यो सिप र क्षमतालाई हेर्दा यस विद्यालयले त्यस खालको वातावरण सिर्जना गरेको छ ।’ उनले थपे, ‘यी भाइबहिनीहरुमा यस्तो इच्छाशक्ति कहिले नमरोस् विद्यालयले सधै यसमा सकारात्मक भूमिका निर्वाह गरोस् । आगामी दिनमा अझ थप उपकरण निर्माण होऊन् ।’ हवाइजहाज, ड्रोन र पानी जहाज निर्माण गर्दाको अनुभव र कसरी निर्माण गरियो भन्ने बारेमा कक्षा ९ का छात्र बिप्सन जोशी, कक्षा ८ का छात्र अर्नव चौबे र कक्षा ८ की छात्रा सम्भावना वलीले जानकारी गराएका थिए ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिम केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रिन्सिपल टीकाजंग बिकेले गरेका थिए ।
