Sidha Patra सोमबार, कार्तिक १२, २०८१

सुर्खेत । सल्यानको सिनबाङमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपुकोट गाउँपालिका–६, की १३ वर्षीय सृजना बस्नेत र अन्य दुई जना रहेका छन् ।

सृजनालाई कपुरकोट स्वास्थ्य चौकीमा मृत घोषणा गरिएको छ भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ । सोमबार अपराह्न कपुरकोट गाउँपालिका –६, सिनबाङको दुबेदेबाट धान र पराल बोकेर छाप्नेटातर्फ जाँदै गरेको रा१ख २४०२ नम्बरको मिटी ट्रक सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपानेले बताए ।

त्यस्तै उनका अनुसार गाडीमा १२ जना सवार रहेका थिए । दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीलाई जिल्ला अस्पताल सल्यान र केहीलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुर लगिएको उनले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]