दाङ । देउखुरीको राप्ती नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् ।
ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार सोमबार बिहान करिब ८ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ७ अनन्तपुरवा बस्ने ३२ बर्षिय आशाराम चौधरी राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका हुन् । चौधरी राप्ती पुलबाट हाम फालेको देखेपछी उनका भाईले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
त्यस्तै जानकारी पाए लगत्तै खोजीकार्य सुरु गरे पनि यो समाचार तयार पर्दासम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए । उनको घरका परिवारका सदस्यहरुसँग बुझ्दा पनि हाम फाल्नुको कारण नखुलेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।