
Gsl
Nssbus7
gms
Ddhbs
dsbus
syysr
Amb
Ssbus
Pbu
Syees
Jsbus
Csbus
Bksbus5
Ratbs
Rbs
Gsbus

Bbu
Rgu
Sls
Rgs
Tsm
Rgu
Asm
Vor
Sbs
Rsb
Wsp
Ksm
Ggd
Gst
Pvg
Hal
nsb
Ssm
Bbbpu

Ptm
Jmb
Pls
Bml
bbt
sab
Mks
Rpp
Rmb
Jmb
Abd
Syp
Gsb
दाङ । गुरुकुल एकेडेमी दाङ,तुलसिपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी शुभम सुनार जम्मा १२ बर्षका भए । शुभम बजारमै जन्मिए बजार हुर्किए । १२ वर्षको उमेरसम्म उनले अहिलेसम्म खाना पकाउने, कपडा धुने कामदेखि अन्य घराएसी कामको बारेमा जान्ने मौका पाएका थिइनन ।
तर विद्यालयले आफ्ना विद्यार्थीलाई जीवन जिउने कला र ज्ञान दिने उदेश्यले घोराही १९ सैघा स्थित एक विद्यालय परीसरमा क्लोज क्याम्पमा राखेर विभीन्न पढाईसंगै घरायसी कामको अबस्था बुझ्ने अवसर मात्र प्राप्त गरेनन,उनिहरुले घरायसी काम आफै गर्ने र आफ्नो जीवनमा के कस्ता कुराहरुको आबश्यकता हुदो रैछ भन्ने कुरा बुझ्ने मौका पाए र यो कामबाट धेरै सफलता हासिल पनि गरे ।
त्यस्तै उनि यो भन्दा अगाडि यसरी आफ्नै जिम्मेवारीमा रहेर केहि काम गरका थिएनन् । उनलाई बन्द शिविर भनेको समेत थाहा थिएन । विद्यालयले कक्षा ६ का विद्यार्थीहरुलाई क्लोज क्याम्पमा राख्ने निर्णय विद्यालयको आन्तरीक पाठ्यक्रममा राखेर गरेको थियो । सोहि अनुरुप कक्षा ६ का विद्यार्थीहरुलाई पनि गत वर्षबाट वार्षिक रुपमा क्लोज क्याम्पमा राख्ने निर्णय भएको हो ।
असोज १७ गतेदेखि २० गतेसम्म गरिएको क्लोज क्याम्प आज समापन गरिएको छ । कक्षा ६ का विद्यार्थीहरुले आफुलाई आबश्यक पर्ने खानेकुरा जोहो तरकारी केलाउनेदेखि खाना पकाउने र भाडा मिस्ने लगायतका काम आफै गर्ने गरेका छन भने चित्र बनाउने,योगा गर्ने,बोल्न सिक्ने, सरसफाईको काम गर्ने खेल खेल्ने र ग्रामिण भेगमा रहेको गाँउको जीवन शैलि समेत बुझ्ने मौका पाएका छन । बुवा आमाको काखमा बसेर घरमा खाना पकाउने,कपडा धुने काम कहिले नगरेका उनिहरु विद्यालयका शिक्षकहरुसंग बसेर सिक्न पाउदा निकै खुसि भएका छन् ।
गुरुकुल एकेडेमी तुलसिपुरका शुभम मात्र नभएर गुरुकुल एकेडेमी लमहीका एन्जल केसिको पनि अनुभव उस्तै छ । उनिहरुसंगै गुरुकुल एकेडेमी घोराही,लमही र तुलसिपुरका विद्यार्थी ४७ जना विद्यार्थी क्लोज क्याम्पमा बसेका हुन । आफ्ना शिक्षक शिक्षिकाको सहयोगमा धेरै कुरा सिकेका उनिहरुले ग्रामीण जीवनको महत्वसंगै बिहानदेखि साझसम्म कसरी जीवनयापन गरिदो रहेछ भनेर सिक्ने अवसर मिलेको बताए ।
त्यसगरी उनीहरुले क्लोज क्याम्पले दैनकि जीवनको महत्त्वसंगै आफु जस्ता बालबालिकाले ग्रामीण जीवनको परिवेशमा पारिवारिक बातावरण बाहिर बसेर कसरी पढ्दा रहेछन भनेर बुझ्ने अबसर समेत मिलेको बताए । यसले विद्यालयमा सैधान्तकिसंगै व्यवहारकि ज्ञान दिने गरेको अभिभावकको भनाई छ । घरबाट क्लोज क्याम्पमा जानेभन्दा बुवा-आमाले मन गर्नुभएको थिएन विद्यार्थीले भने तर आफुसंगै सरहरुले भनेको भनेपछि अभिभावकले पनि सहमति जनाएर क्लोज क्याम्पमा बसालेका हुन । अहिले ति साना बच्चाहरुले ४ दिने क्लोज क्याम्प सफल भएपछि विद्यालय मात्र होइन अभिभावक पनि खुसि छन ।
त्यस्तै अहिले क्लोज क्याम्पमा रहेका विद्यार्थीहरुले बिहान ५ बजेदेखि साझ ७ बजेसम्म आफै पकाउने,अध्ययन गर्ने क्लोज क्याम्प अफिसर तथा गुरुकुल तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले बताए । घोराहीको रतनपुरमा रहेको स्कुलले कक्षा ९ का विद्यार्थीहरुलाई २०७५ सालदेखि र गत वर्षदेखि कक्षा २ का विद्यार्थीहरुलाई प्रत्येक वर्ष जीवन उपयोगी शिक्षासंगै व्यबहारीक ज्ञानको उदेश्यले क्लोज क्याम गर्दै आएको छ ।
गुरुकुल एकेडेमिका यस्ता फरक शिक्षण सिकाईले विद्यार्थीको सर्वागिंन बिकास हुने भन्दै पत्रकार तथा उपस्थित अभिभावकले यस्ता कार्यक्रम नियमित संचालन गर्न समेत अनुरोध गरेका थिए । गुरुकुल एकेडेमीका घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षता तथा पत्रकार सहित शिक्षक र सुरक्षा कर्मीहरुको उपस्थितिमा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका परीक्षा संयोजक विवेक देबकोटाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सहजिकरण बन्द शिबिरमा बसेका भाइबहिनिले गरेका थिए । क्लोज क्याम्प सफल पार्न रात,दिन खटेको भन्दै विद्यालयले क्लोज क्याम्पमा बसेका शिक्षक तथा शिक्षिकाहरुलाई धन्यबाद ज्ञापन गरेको थियो ।
