
Bksbus5
Pbu
gms
dsbus
Ratbs
Jsbus
Csbus
Rbs
Nssbus7
Gsl
Gsbus
Amb
syysr
Ddhbs
Ssbus
Syees

Ssm
Ggd
Hal
Rgu
Gst
Bbu
nsb
Vor
Sbs
Wsp
Rgu
Ksm
Asm
Bbbpu
Sls
Tsm
Rgs
Pvg
Rsb

bbt
Jmb
Ptm
Gsb
Rpp
Mks
sab
Abd
Syp
Pls
Bml
Jmb
Rmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको देउखुरी पब्लिक स्कूलमा विजया दशमी,शुभदिपावली र छठ पर्वकाे अवसरमा दशैँ मिलन,शुभकामना आदानप्रदान तथा एस्.ई.ई. ब्याच २०८० लाई सम्मान कार्यक्रम भव्य रूपमा शनिबार सम्पन्न गरेको छ ।
विद्यालयका प्रिन्सिपल भु-माण्डप केसीको अध्यक्षता तथा समाजसेवी एवं बुद्धिजीवी र विद्यालयका सेयर धनी रतन कुमार केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमूख अतिथि केसीले कार्यक्रमलाई सम्बोधन गर्दै,यस प्रकारका सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रप्रेम र आफ्ना परम्पराप्रति गर्वको भावना जगाउने उल्लेख गरेका थिए । उनले विद्यालयले आफ्नो शैक्षिक लक्ष्य प्राप्त गर्दै समाजका लागि उदाहरणीय भूमिका खेल्नुपर्नेमा जोड समेत दिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल केसीले हाम्रोे समाजका परम्परा र रितीरिवाजले समाजमा विभिन्न किसिमका विभेदहरु छन्, ति विभेदलाई अन्त गरेर एउटा राम्राे,प्रगतिशील,समालोचनामूलक र न्यायपूर्ण समाजको निर्माण गर्ने प्रेरणा दिउन भन्दै शूभकामना व्यक्त गरेका थिए । विद्यालयको शैक्षिक वातावरणमा मात्रै नभई,विद्यार्थी,शिक्षक र अभिभावकबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन विशेष गरि विद्यार्थीहरुलाई दशैँको महत्त्व र यसले नेपाली समाजमा गर्ने एकताको सन्देशको बारेमा बुझाउन कार्यक्रमले विशेष भूमिका खेल्ने गर्दछ,प्रिन्सिपल केसीले भने । देउखुरी पब्लिक स्कूलले शैक्षिक क्षेत्रका साथै सांस्कृतिक तथा सामाजिक गतिविधिमा समेत आफ्नो पहिचान बनाउन सफल भएको प्रिन्सिपल केसीले बताए ।
विद्यालयकी शिक्षिका सिमा भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एस्.ई.ई. ब्याच २०८० लाई सम्मान गरिएको थियो । त्यस्तै उक्त कार्यक्रमा डान्स च्याम्पियन सिजन टु बाट टप फाइनलमा पिगेकी रजिना चौधरीले आफ्नो प्रस्तुति दिइएकी थिइन् । उनले अब प्रथम विजेता हुनका लागि भोटको आवश्यकता पर्ने भएको हुँदा सम्पूर्णलाई भोट दिन समेत आग्रह गरेकी छिन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यका प्रेस संयोजक दशरथ घिमिरे,दाङ,देउखुरी वातावरण संरक्षण पत्रकार मंचका अध्यक्ष तथा सीधा-पत्र अनलाइन टिभीका निर्देशक भानु जोशी,वरिष्ठ पत्रकार राधेश्याम गुप्ता, समाजसेवी गौरव सिंह महरा,समाजसेवी भिम भुसाल लगायतको उपस्थिति रहेकोे थियो । कार्यक्रममा सहभागी सबैलाई प्रमुख अतिथि केसीले टिका र जमरा लगाएर दशैँको शुभकामना दिएका थिए भने कार्यक्रमको संचालन शिक्षक सन्दिप खनालले गरेका थिए ।

