
Gsbus
Syees
Amb
syysr
Ssbus
Jsbus
Rbs
Ddhbs
Bksbus5
dsbus
Gsl
Pbu
Nssbus7
gms
Csbus
Ratbs

Sbs
Gst
Pvg
nsb
Tsm
Ggd
Rsb
Bbbpu
Wsp
Rgs
Sls
Hal
Rgu
Asm
Ssm
Bbu
Vor
Rgu
Ksm

Rmb
Bml
Ptm
bbt
Rpp
Jmb
Pls
Mks
Gsb
Syp
Abd
sab
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस २०८१ काे अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
“ज्ञान,विज्ञान,सीप,उद्दम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता” भन्ने आदर्श वाक्य सहित मनाइएको उक्त दिवसकाे अवसरमा गाउँपालिकाले आधारभूत र माध्यमिक तहका विद्यार्थीहरु बीच छुट्टाछुट्टै निबन्ध,वक्ततृत्वकला,कविता र चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो ।
राप्ती गाउँपालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको “स्वच्छ विद्यालय स्वास्थ्य विद्यार्थी, सरसफाइमा विद्यार्थीकाे भूमिका” विषयक आधारभूत तहको निबन्ध प्रतियोगितामा गोरखा आइडियल स्कूल राप्ती २ लालमटियाकी विज्ञमाया वि.क.प्रथम,सिरिनभ्याली पब्लिक स्कूल राप्ती ४ मौरीघाटका सुशान्त खत्री द्वितीय ,मुनलाइट माध्यमिक विद्यालय राप्ती २ लालमटियाका कृष्ण पोख्रेल र सिरिनभ्याली पब्लिक स्कूल राप्ती ४ मौरीघाटकि रमिला चौधरी तृतीय भएकी छन् ।
त्यस्तै “स्थानीय उत्पादन उद्यमशिलता,समृद्ध गाउँपालिकाकाे आधार” विषयक माध्यमिक तहकाे निबन्ध प्रतियोगितामा गोरखा आइडियल स्कूल राप्ती २ लालमटियाकी इच्छा केसी प्रथम,पब्लिक एजुकेशन एकेडेमी राप्ती – २ लालमटियाकि आशिका शर्मा र आदर्श माध्यमिक विद्यालय राप्ती २ लालमटियाका सन्दिप गिरी द्वितीय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय राप्ती १ भालुवाङका ललित घर्ति मगर तृतीय भएका छन् ।
यस्तै “ज्ञान ,विज्ञान,सीप,उद्यम र माैलिकता देश विकासको आधार” विषयक खुल्ला वक्ततृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय राप्ती ४ मौरीघाटकि अनिशा खनाल प्रथम ,आदर्श माध्यमिक विद्यालय राप्ती २ लालमटियाकि साधना केसी द्वितीय र पब्लिक एजुकेशन एकेडेमी राप्ती २ लालमटियाकी संस्कृति भुषाल तृतीय भएकी छन् ।
त्यस्तै “विद्यार्थीकाे सपना,देशको आशा” विषयक खुल्ला कविता प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय राप्ती २ लालमटियाकि शान्ति गुप्ता प्रथम,दुर्गा भवानी आधारभूत विद्यालय राप्ती ३ मसुरियाकि पुष्पा बस्नेत द्वितीय र नव प्रतिभा आधारभूत विद्यालय राप्ती १ पाखापानीकि खुशी थापा तृतीय भएकी छन्।
यसैगरी आदर्श नमुना माध्यमिक विद्यालय राप्ती २ लालमटियामा सम्पन्न भएको १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरु बीच भएको “सफा र स्वच्छ विद्यालय” विषयक चित्रकला प्रतियोगितामा माध्यमिक विद्यालय राप्ती ४ मौरीघाटकि स्नेहा चाैधरी प्रथम,सर्वोदय माध्यमिक विद्यालय राप्ती ५ सिसहनियाकि रिया चाैधरी द्वितीय र चन्द्रज्योती इंगलिस स्कूल राप्ती -२ लालमटियाका विपिन केसी तृतीय भएका छन् ।
त्यस्तै ६ देखि ८ कक्षा सम्मका विद्यार्थीहरु बीच भएको “राप्तीका धार्मिक तथा पर्यटकीय स्थल” विषयक चित्रकला प्रतियोगितामा मुनलाइट इंगलिस स्कूल राप्ती २ लालमटियाकि आकृति रावत प्रथम ,इन्द्रेणी इंगलिस बोर्डिङ स्कुल राप्ती ६ पत्थरगढवाका प्रतीक चाैधरी र गोरखा आइडियल स्कूल राप्ती २ लालमटियाकी साेरारानी बुढा मगर द्वितीय र दिपज्योती इंगलिस स्कूल राप्ती ५ सिसहनियाँका अनमोल परियार तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगी विद्यार्थीहरुलाई बुधबार राष्ट्रिय शिक्षा दिवस मूल समारोका अवसरमा क्रमश नगद ४ हजार ,३ हजार ,२ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिएको छ।
त्यस्तै गाउँपालिकाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिई विभिन्न पदक बिजेता पालिकामा भित्रका तीन जना खेलाडीहरुलाई समेत सम्मान गरेको छ। केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ५५ केजी कुमुतेमा प्रथम हुन सफल राप्ती गाउँपालिका वडा नं. ८ का विष्णा रेश्मी मगर,अन्डर ट्वान्टी साफ फुटवल खेलमा सहभागी भई द्वितीय हुन सफल वडा नं. २ का विशाल केसी र मिस्टर युनिभर्सल,मिस्टर एसिया,मिस्टर इन्डिया लगायतका प्रतियोगितामा सहभागी वडा नं.१ का बडि बिल्डर माधव सुवेदीलाई नगद २/२ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेको हाे ।
क्षमतामूलक समाजको निर्माणका लागि सबैलाई शिक्षामा समान पहुँच आवश्यक :लुम्बिनी प्रदेशका सांसद थारु
लुम्बिनी प्रदेश सभाका सांसद इन्द्रजित थारुले समतामूलक समाजको निर्माणका लागि सबैलाई शिक्षामा समान पहुँच आवश्यक रहेको बताएका छन् । बुधबार राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा दाङको राप्ती गाउँपालिकाले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवस मूल समारोह कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद थारुले शिक्षा प्रत्येक व्यक्तिको मौलिक अधिकार भएकाले समतामूलक समाजको निर्माणका लागि सबै वर्ग, समुदाय र क्षेत्रका बालबालिकाहरूलाई शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्नेमा बताए ।
देशको समग्र विकासका लागि साक्षरता, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइकाे विकल्प नभएकाे उल्लेख गर्दै संसद थारुले गुणस्तरीय शिक्षा नै राष्ट्रको प्रगतिको आधार भएको बताए । उनले शिक्षा प्रणालीलाई थप सुधार गर्दै आम नागरिकलाई शिक्षित र सशक्त बनाउनु नै आजको आवश्यकता रहेको औल्याए ।
त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षाको स्तरीयतामा ध्यान दिनुपर्ने बताए । “हाम्रो पालिकामा हरेक बालबालिका शिक्षाको पहुँचमा रहनुपर्छ र आधुनिक प्रविधिसँगसँगै शिक्षा प्रणालीलाई सुधार गर्दै नयाँ पुस्तालाई सक्षम र आत्मनिर्भर बनाउनु पर्दछ”,अध्यक्ष विष्टले भने,-” त्यसका लागि गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ।”
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सांसद इन्द्रजित थारुकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य,गाउँ शिक्षा समितिका सदस्य,शिक्षक, विद्यार्थी,सञ्चारकर्मीहरु लगायतको सहभागीता रहेको थियो ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विककाे विषय प्रवेशबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण शिक्षा अधिकृत बासुदेव खनालले गरेका थिए ।
