
Ssbus
Pbu
Gsl
nsm
Ssbus
Ssbus
ssbus
tssbus
Sssbus1
Sssbus1

Bbu
Ggd
Ksm
Vor
Hal
Rsb
Wsp
nsb
Bbbpu
Rgs
Sbs
Ssm
Tsm
Sls
Asm
Pvg
Rgu
Gst
Rgu

Rpp
sab
Rmb
Gsb
Abd
Syp
bbt
Bml
Mks
Ptm
Jmb
Pls
Jmb
दाङ । देउखुरीकि राजपुर गाउँपालिकामा ग्राहक सेवा केन्द्र अन्तरगत शाखा रहित बैङकिङ सेवा सुरु गरेको छ । बिहीवार एक औपचारिक कार्यक्रमका बिचमा ग्राहक सेवा केन्द्रको उद्घाटन गरिएको हो । माछापुच्छ्रे बैंक लमही शाखाका प्रमुख मधुसुदन श्रेष्ठको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले गाउँपालिका क्षेत्रमा बित्तीय सेवाको सुरुवात हुनु सकरात्मक रहेको भन्दै खुसी व्यक्त गर्नु भएको छ ।
उहाँले पछिल्लो समय धेरैजसो कारोबार बैङ्किङ प्रणालीबाट चल्न थालेको भन्दै सुरक्षा, पारदर्शीता र सहजताको लागि बैङ्किङ कारोबारबाट सहज हुने बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथि राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्माले स्थानीयलाई आर्थिक कारोबारकोे लागि बैंकको ग्राहक सेवा केन्द्रले सघाउने बताउनु भयो ।
कार्यक्रममा माछापुच्छ्रे बैंक केन्द्रिय कार्यालय शाखा रहित सेवाका इन्चार्ज मुकुन्द भट्टराइ र बैंकका लुम्विनी प्रदेश प्रमुख नारायण केसीले ग्राहक सेवा केन्द्रको शाखा रहित सेवाबाट पाइने सेवा सुविधाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा समाजसेवी भोगेन्द्र सिंह राजपुत,तुलीराम भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।राजपुरका प्रतिनिधि हरिराज धितालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार दिवाकर पोख्रेलले गर्नु भएको थियो । यसैविच राजपुर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्गाप्रसद शर्माको खाता खोलेर ग्राहक सेवा केन्द्रको कारोबारको औपचारिक सुरुवात गरिएको छ । ग्रामिण क्षेत्र बैंङकिङ सेवा उपलव्ध गराउने नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले पनि आफ्नो सेवालाई गाउँ केन्द्रित गर्न थालेका छन् ।
