
Gsl
Nssbus7
Pbu
syysr
Ratbs
Csbus
Bksbus5
dsbus
Gsbus
Ssbus
gms
Amb
Syees
Jsbus
Ddhbs
Rbs

Ggd
Rsb
Bbu
Sls
Vor
nsb
Hal
Gst
Rgu
Ksm
Pvg
Wsp
Bbbpu
Tsm
Sbs
Rgu
Asm
Ssm
Rgs

Jmb
Pls
Abd
Rpp
Mks
Rmb
bbt
Ptm
Bml
sab
Jmb
Syp
Gsb
काठमाडौँ । आइतबार आज बिहान भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । बस बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो ।
बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले जानकारी दिए । दुर्घटनाको प्रारम्भिक खबर आएको बताउँदै उनले आफू पालिका कार्यालय गएपछि यसबारे विस्तृत बुझ्ने बताए ।
त्यस्तै भारतीय सञ्चारमाध्यमका अनुसार ना ७ ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो । केही भारतीय सञ्चारमाध्यमले नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको जनाएका छन् ।
यस्तै सो दुर्घटनामा कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ । उनीहरु देवघरतर्फ गइरहेका थिए ।
घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको बताइएको छ ।
