
Msbg-2
Rksr-7
ksbl-7
Usbl-7
Jsbg-7
Gsbr-6
Csbg-7
Pbu
jsbr-3
Gsbg-3


दाङ । देउखुरीको राप्ती गाउँपालिका स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकन(लिसा) मा देशकै तेस्रो भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने स्थानीय सरकार संस्थागत क्षमता मुल्यांकन नतिजामा राप्ती गाउँपालिकाले ८६.७६५ अंक सहित तेस्रो बनेको हो ।
त्यस्तै पहिलो हुन पालिकाले ८७.७६, दोस्रो हुने पालिकाको ८७.२५ अंक प्राप्त गरेका छन् । जनप्रतिनिधि र कर्मचारीको समन्वयमा काम गर्दा पालिका हरेक क्षेत्रमा उत्कृष्ट नतिजा हाँसिल गरेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । साथै राप्ती गाउँपालिका दाङको भने पहिलो हुन सफल भएको छ ।
