
Usbl-7
Gsbg-3
jsbr-3
Csbg-7
Msbg-2
Gsbr-6
Rksr-7
ksbl-7
Jsbg-7
Pbu


काठमाडौं । भारतीय बस तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराको मर्स्याङ्दी नदीमा खसेको छ । आज पोखरादेखि, काठमाडौंका लागि छुटेको उक्त बसमा ४० जना यात्रुहरु रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी रहेकोे र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
