ओमप्रकाश गुप्ता बिहिबार, भाद्र ०६, २०८१

दाङ । देउखुरीमा बोलेरो डबल क्याप र मोटरसाइकल एकापसमा ठोक्किदा २ जना घाइते भएका छन् ।

बिहिवार आज बेलुका ५ः३५ बजेको समयमा लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–४ मौरीघाटमा तुलसीपुरबाट बुटबल तर्फ जाँदै गरेको लु २ च ४७५० नम्बरको पेन्ट लोड गरेको बोलेरो डबल क्याप र बाटो क्रस गरिरहेको रा.४ प. ५३४८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

त्यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक जिल्ला रुकुम मुसिकोट नगरपालिका–२ बस्ने बर्ष ३० को दलबहादुर खड्का र मोटरसाइकल पछाडी बसेका जिल्ला रुपन्देही बुटबल उपमहानगरपालिका– १६ घर भई यातयात व्यवस्था कार्यालय बुटवलमा छैंटो तहमा कार्यरत बर्ष ५६ का खगराज उपाध्याय घाइते भएका छन् ।

घाइते मध्ये उपाध्यायको अवस्था गम्भीर रहेको छ । उनको निधार र शरिरमा गहिरो चोट लागेको छ भने खड्काको हात र ढाडमा चोट लागेको छ । घाईते मध्ये उपाध्यायको स्वास्थ्य चौकी सिसहनियामा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले बताएको छ । बोलेरो डबल क्याप घटनास्थलमानै सडक छेउमा पल्टिएको थियो । गाडी र चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]