दाङ । तुलसीपुरमा इनार सफा गर्ने क्रम फसेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका समय मृत्यु भएको छ ।
इनारमा फसेर घाइते अबस्थामा रहेका उनीहरु दुवै जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल ल्याए लगतै चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । बुधबार बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका – १३ दमागाउँ बस्ने दुर्गा विकको इनार सफा गर्न भनी पसेका दुवै जना निस्कन नसक्दा निसासिएर गम्भीर घाइते भएको प्रहरीले बताएको हो ।
त्यस्तै मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका – १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपाली रहेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेना अम्बापुर बेस क्याम्पबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो । मृतक दुवै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।