
Ksb
Bsn
Gsb
Ppu
jsb
Ksb
Ssb
Nsb
Tgp
Usb
Csb
Rks
Rsb
Ksb
Ssb

Tsb
Gsb
Hl1
Ssb
Usb

Nps
Rgu
ptl
दाङ । देउखुरीकाे राजपुर गाउँपालिकामा पर्ने सोमाईथान मन्दिर एक महत्वपूर्ण धार्मिक स्थल हो। यसको इतिहासमा धार्मिक,सांस्कृतिक र स्थानीय समुदायका विभिन्न कथा र विश्वासहरु जोडिएका छन्।
राजपुरको २ नं वडामा पर्ने बेला गाँउदेखि डेढ किलोमिटर पश्चिममा राजपुरकाे वडा नं २ र ३ काे सिमाना छुट्याउने सोमाईथान खोला बाटो छेउमै सोमाईथान देवीको मन्दिर रहेको छ।
यो मन्दिर ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ। यो मन्दिरमा हात्तीको मूर्ति स्थापित रहेको देखिन्छ । हेर्दा एकदमै सामान्य तर आफ्नै महिमा र पहिचान रहेको पाइन्छ। हप्ताको हरेक सोमबार पूजा गर्ने गरिन्छ।
यो मन्दिर हिन्दू धर्मावलम्बीहरुको लागि विशेष महत्व राख्छ । हरेक वर्ष विशेष गरेर शिवरात्रि, तीज, र अन्य हिन्दू पर्वहरुमा यहाँ ठूलो संख्यामा भक्तजनहरु दर्शन गर्न र पूजा गर्न आउँछन् । याे मन्दिरमा भाकल गर्ने र भाकल पूरा भएपछि पूजा गर्ने चलन र देवीले मनोरथ पूरा गर्ने जनविश्वास रहिआएको छ ।
राजपुर गाउँपालिकामा प्रशस्त रूपमा धार्मिक पयटकीय गन्तव्यका स्थानहरू छन् । त्यसमध्येको सोमाइथान देवीको आफ्नै महिमा र पहिचान रहिआएको छ । सोमाइथान मन्दिरको स्थापना कहिले भएको हो भन्ने ठोस प्रमाण छैन, तर यसलाई प्राचीन कालदेखिको धार्मिक स्थल मानिन्छ। स्थानीय जनश्रुति अनुसार, यो मन्दिर हजारौं वर्ष पुरानो हो र हिन्दू धर्मको महत्त्वपूर्ण तीर्थस्थल मानिन्छ। यो मन्दिरकाे वास्तविक इतिहास भने अज्ञात रहेको स्थानीयले बताउँछन्।
ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण स्थल भएता पनि यसको विकासमा पर्याप्त ध्यान नपुगेको देखिन्छ। मन्दिरको पुरातन महत्त्वलाई विचार गर्दा, यसको संरक्षण, प्रचार-प्रसार, र पूर्वाधार विकासमा समुदाय तथा स्थानीय निकायले ध्यान दिनु आवश्यक रहेको पाइन्छ।
