
Rgp1
Ggp
Lnp
Unsku
Srbpu
Pbu
Sgr
pku
Rgp

Sls
Ggd
Rgu
Ksm
Hal
Ssm
Rsb
Bbbpu
Rgs
Tsm
Asm
nsb
Pvg
Wsp
Bbu
Vor
Sbs
Rgu
Gst

Rpp
sab
Mks
Gsb
Pls
bbt
Jmb
Ptm
Abd
Rmb
Bml
Jmb
Syp
काठमाडौँ । गत जेठ २८ गतेदेखि हालसम्म अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय ७४ जनाको मृत्यु भएको छ ।
त्यस्तै बाढी,पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७४ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
यस्तै काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २४ जना घाइते भएका छन् ।
त्यस्तै घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १ सय १३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी बाढी, पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका प्रहरीले जनाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
