काठमाडौँ । खैरो हेरोइन सहित कालिमाटी क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ घर भएका ४७ वर्षीय मनिराज राई र काभ्रेको रोशी गाउँपालिका घर भएर काठमाडौँ बस्ने ३२ वर्षीय बालकृष्ण राक्से रहेका छन् ।
त्यस्तै आरोपीहरुको साथबाट ३ दशमलव ११ ग्राम खैरो हेरोइन र ३९ हजार नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
यस्तै उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।