
Rgp1
pku
Unsku
Rgp
Ggp
Srbpu
Pes
Pbu
Lnp
Djs
Gfs
Sgr
sbs
cjs

Rsb
Bbu
Bbbpu
Gst
Rgs
Asm
Pvg
Rgu
Ksm
Tsm
Vor
Wsp
Ggd
Rgu
Sbs
Hal
Ssm
nsb
Sls

bbt
Abd
Bml
Syp
Mks
Rmb
sab
Pls
Rpp
Gsb
Jmb
Jmb
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ काे विकट पहाडी गाउँका स्थानीय बासिन्दालाई गाउँमै सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले करङ्गेकाेटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ ।
स्वास्थ्य इकाई स्थापना गरिएपछि स्थानीय बासिन्दाले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन् । सामान्य टाउको दुख्दा पनि यहाँका बासिन्दाले घण्टाैकाे पैदल बाटो हिडेर सिसहनियाँ स्वास्थ चाैकी लगायत अन्य विभिन्न स्वास्थ्य संस्थाहरुमा पुग्नुपर्ने बाध्यता थियो ।स्वास्थ्य इकाई स्थापना भए पश्चात् साे बाध्यताबाट स्थानीय मुक्त भएका छन् ।
विकट पहाडी गाउँका नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । “जनताको माग र आवश्यकताको आधारमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको हो”,उनले भने । संविधानले स्वास्थ्य सेवालाई मौलिक अधिकारमा राखी कुनै पनि नेपाली नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगराउने कानुनी व्यवस्था गरेको छ ।
त्यसैको आधारमा स्वास्थ्य सेवालाई दुर्गम गाउँहरूमा विस्तार गरिएको हाे। गाउँमै स्वास्थ्य इकाई स्थापना भएपछि सहज भएको स्थानीय मनाेज दर्लामी मगरले बताए । “सामान्य उपचारका लागि समेत सिसहनियाँ जानुपर्दा पैसा र समय दुबै धेरै लाग्ने गरेको थियो । अब गाउँमै स्वास्थ्य इकाई स्थापना भएपछि सहज भएको छ ।”,- उनले भने । औषधि अभाव र स्वास्थ्यकर्मीको नियमित उपस्थिति नहुने समस्या यहाँ हुनुभएन । लुम्बिनी प्रदेश सरकारको १० लाख र गाउँपालिकाकाे १ लाख रुपैयाँ गरि कुल ११ लाख रुपैयाँको लागतमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरिएको हाे । स्वास्थ्य इकाईमा गाउँपालिकाले औषधि,स्वास्थ्य उपकरण सहित स्वास्थ्यकर्मीकाे व्यवस्था गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए । उनका अनुसार स्वास्थ्य इकाईमा अहेब,अनमी र कार्यालय सहयोगी गरि ३ जनाकाे दरबन्दी रहेको छ ।
सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन
सामुदायिक स्वास्थ्य इकाई भवनको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुले रिवन काटेर भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी,समाजसेवी चित्र बहादुर थापा मगर लगायतका वक्ताहरूले नागरिकको सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य भएको उल्लेख गर्दै उनीहरुलाई गाउँघरमै स्वास्थ्य सेवा पुर्याउनु राज्यको कर्तव्य भएको बताएका छन् ।
त्यस्तै उनिहरुले मानवीय संसाधनकाे विकास बिना अन्य क्षेत्रकाे विकास सम्भाव नहुने बताउदै सरकारको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षामा हुनुपर्ने बताएका थिए । राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारी, पालिकाका प्रवक्ता तथा वडा नम्बर २ वडा अध्यक्ष पहलवान चाैधरी,स्वास्थ्य शाखा प्रमुख नारायण राउत,शिक्षा प्रमुख विश्वास विक,वडा सदस्यहरु,टाेल विकास संस्थाका अध्यक्ष,स्वास्थ्यकर्मीहरु लगायत स्थानीयहरुकाे उल्लेख्य सहभागीता रहेको थियोे ।भने कार्यक्रमकाे सहजीकरण जनस्वास्थ्य निरीक्षक पाेषणराज शर्माले गरेका थिए ।
विशेषज्ञ सेवा सहित नि:शुल्क स्वास्थ्य शिविर
यसैबीच स्वास्थ्य इकाई उद्घाटन कार्यक्रमकाे अवसरमा गाउँपालिकाले विशेषज्ञ सेवा सहित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।उक्त शिविरमा ३२ महिला र १० जना पुरुष गरि ४२ जनाकाे स्वास्थ्य चेकजाँच गरिएकाे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिए । साे अवसरमा ३२ जना बिरामीहरुकाे मधुमेह समेत जाँच गरिएको थिए ।
शिविरमा स्वास्थ्य चेकजाँच गराएका बिरामीहरुलाई नि:शुल्क औंषधी वितरण सहित स्वास्थ्य परामर्श समेत दिइएकाे थियो । शिविरमा स्वास्थ्य सेवा लिन आएका मध्ये धेरै जसाे मधुमेह र उच्च रक्तचापका बिरामीहरु रहेकाे एमडिजिपी डाक्टर उमाकान्त तिवारी जानकारी दिए । शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावत,जनस्वास्थ्य निरीक्षक पाेषणराज शर्मा,अहेब शिव कुमार चाैधरी,पुनम कुमाल,ल्याब असिस्टेन्ट रमेश चाैधरी लगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

