
Bksbus5
Jsbus
Gsbus
Ddhbs
dsbus
gms
Amb
Csbus
Pbu
Gsl
Ratbs
Syees
Rbs
Nssbus7
Ssbus
syysr

Sls
Rgu
Asm
Gst
Rgs
Ggd
Wsp
Vor
Tsm
Ssm
Ksm
Rsb
Bbu
Sbs
Bbbpu
Pvg
Hal
nsb
Rgu

Ptm
Abd
bbt
Gsb
Pls
Bml
Jmb
Mks
sab
Syp
Rmb
Rpp
Jmb
दाङ । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको तेस्रो यात्रा दाङको लमहीमा सम्पन्न भएको छ ।
आइतवार लमहीको बसपार्कमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिक लगायत विभिन्न प्रस्तुति गरिएका थिए ।
लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमको बारेमा जानकारी दिन कपिलवस्तुको वाणगंगाबाट सुरु भएको यात्रा बुटवल हुँदै लमही पुगेको हो । सोमवार बाँकेको कोहलपुर र मंगलवार नेपालगन्जमा यस्तै कार्यक्रम हुँदैछन् । युएसएडले स्वास्थ्य, शिक्षा,आर्थिक वृद्धि,वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीय स्तरका विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ ।
संयुक्त राज्य अमेरिका र नेपाल बीचको दौत्य सम्बन्ध झन्डै ८ दशक देखि रहँदै आएको छ । युएसएडले विगत ६३ वर्ष भन्दा लामो समय देखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ ।
अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ । युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रम मार्फत १० लाख भन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पुग्यो भने ५० लाख महिलाहरूले विभिन्न कार्यक्रम मार्फत अप्रत्यक्ष रूपमा लाभलिएका थिए ।
त्यस्तै सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण,मानवीय सहायता,सुशासन, वातावरण,नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रहरूमा साढे एक अर्ब अमेरिकी डलर अर्थात १ खर्ब ९६ अर्ब नेपाली रुपैयाँ भन्दा बढीको सहयोग प्रदान गरेको छ ।
