
Amb
Ratbs
Ssbus
Pbu
Nssbus7
Csbus
Rbs
Gsl
Bksbus5
dsbus
Gsbus
Jsbus
Ddhbs
gms

Tsm
Hal
Pvg
Vor
Bbu
Rgu
Rgs
nsb
Ssm
Ggd
Asm
Rgu
Rsb
Ksm
Sbs
Bbbpu
Gst
Wsp
Sls

sab
Syp
Jmb
Rmb
Pls
Ptm
Abd
bbt
Mks
Bml
Rpp
Gsb
Jmb
दाङ । भर्खरै सार्वजनिक भएको एसईई परीक्षाको नतिजामा ज्याेतिष्मती विद्यापीठ लमहीमा अध्ययनरत अन्वेश सुवेदी ३.९ जिपिए सहित देउखुरी प्रथम भएका छन् ।
त्यसैगरि सोहि विद्यालयमा अध्ययनरत भूषण घिमिरे ३.८६ जिपिए सहित देउखुरी क्षेत्रमै दाेस्राे हुन सफल भएका छन् ।
सो विद्यालयबाट ४६ जना विद्यार्थी एसईई परीक्षामा सामेल भएका थिए । ४६ जना मध्ये ४३ जना विद्यार्थी उतिर्ण भएको विद्यालयका प्रधानाध्यापक नारायण भुसालले जानकारी दिए । ९३.४८ प्रतिशत सहित देउखुरी क्षेत्रमै सामुदायिक तथा संस्थागत विद्यालयलाई पछि पार्दै अग्र स्थानमा छ ।
त्यस्तै ५ जनाले ए प्लस, १५ जनाले ए, १८ जनाले बि प्लस र ६ जनाले बि ग्रेड लिन सफल भएको ज्याेतिष्मती विद्यापीठ लमहीका प्रधानाध्यापक भुसालको भनाई छ ।
विगतका वर्षहरुमा पनि ज्याेतिष्मती विद्यापीठ लमहीले उत्कृष्ट नतिजा ल्याउने गरेको छ । बालबालिकालाई सस्कार सहित शिक्षा प्रदान गर्दै गरेको यस विद्यालयले कक्षा ११ र १२ मा कानून र व्यवस्थापन संकायमा अध्यापन गराउदै आएको छ । कक्षा १२ मा पनि सो विद्यालयले राम्रो नतिजा लिंदै आएको छ । आगामी दिनमा पनि सबैको सहयोगले हामी राम्रो नतिजा ल्याउने कुरामा विश्वस्त छौं’- प्रधानाध्यापक भुसालले भने ।
