
Bksbus5
Gsbus
Ratbs
Gsl
dsbus
Ssbus
Jsbus
Csbus
Amb
Nssbus7
Ddhbs
Pbu
gms
Rbs

Ksm
Bbbpu
Bbu
Pvg
Wsp
Ssm
Rgs
Asm
Gst
Ggd
Rsb
Sbs
Rgu
Hal
nsb
Sls
Tsm
Vor
Rgu

Rpp
sab
Ptm
Abd
Jmb
Jmb
Bml
Gsb
Rmb
bbt
Mks
Syp
Pls
दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय सामुदायिक तथा निजी विद्यालयको माध्यमिक र आधारभूत तहमा अध्यनरत विद्यार्थीहरुको बिज्ञान प्रदर्शनी कार्यक्रम हुने भएको छ ।
बिज्ञान प्रति विद्यार्थीहरुको रुचि,चाहना र सकारात्मक भावना एवं शैक्षिक गुणस्तर वृद्धिमा थप उत्प्रेरित गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको बिज्ञान शिक्षक समाज दाङ जिल्लाका अध्यक्ष तथा जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादवले जानकारी दिए ।
गढवा गाउँपालिकाको आयोजना तथा बिज्ञान शिक्षक समाज गढवाको व्यवस्थापनमा यहीँ असार १४ गते शुक्रबारका दिन बिहान एघार बजेदेखि जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुन लागेको उक्त कार्यक्रममा माध्यमिक तहबाट दुई र आधारभूत तहबाट दुई गरि करिब ५० वटा स्टलहरु राखिने प्रअ यादवले बताए ।
त्यस्तै कार्यक्रममा पालिका स्तरीय उत्कृष्ट बिज्ञान प्रदर्शनी गरेर प्रथम,द्वितीय,तृतीय हुने विद्यार्थीलाई प्रमाणपत्र सहित नगद पुरस्कार र सम्मान गरिने आयोजकले जनाएको छ ।
