
Gsl
Ddhbs
Ratbs
Amb
Pbu
Bksbus5
Csbus
dsbus
Syees
Nssbus7
Ssbus
syysr
gms
Gsbus
Rbs
Jsbus

Wsp
Ggd
Ssm
Hal
Gst
Ksm
Sbs
nsb
Rgu
Rgs
Bbbpu
Rgu
Pvg
Asm
Tsm
Rsb
Bbu
Vor
Sls

Jmb
Ptm
Bml
Pls
Gsb
Mks
Rpp
sab
bbt
Abd
Syp
Rmb
Jmb
काठमाडौं । पछिल्लो समय भारतमा चरम गर्मीका कारण ३ सय ७१ जना भन्दा बढीको मृत्यु भएको छ । धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् ।
मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् । हुन त मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइन्छ । तर चिकित्सकहरुले पनि अत्यधिक गर्मी र लुकै कारण भारतमा मानिसहरुको ज्यान गइरहेको बताएका छन् । अस्पतालहरुमा गर्मीका कारण बिरामी परेकाहरुको चाप पनि अत्यधिक छ ।
त्यस्तै भारतमा बेवारिसे व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलमपेन्ट’ले जुन ११ देखि जुन १९ को बीचमा नयाँदिल्लीमा अत्यधिक गर्मीका कारण १९२ जना बेघर व्यक्तिहरुको मृत्यु भएको जनाएको छ ।
यसैगरी उत्तर प्रदेशमा १८ जुनमा मात्रै १७० जनाको मृत्यु हिट स्ट्रोकका कारण भएको थियो । उत्तर प्रदेशका धेरैजसो राज्यहरुमा अधिकतम तापक्रम ४७–४८ डिग्री सेल्सियससम्म पुगेको थियो । १९ जुनको राति आँधीपछि परेको पानीका कारण गर्मीमा थोरै राहत मिलेको थियो । तर हिट स्ट्रोकका कारण बिरामी परेकाहरु अहिले पनि अस्पतालमा उपचाररत छन् । अस्पतालहरुमा शय्या अभाव भएपछि भुइँमै राखेर पनि उपचार गराउनु परेको छ ।
त्यस्तै बिरामीको चाप थेग्न नसकेपछि गम्भीर अवस्थाका बिरामीलाई मात्र अस्पतालमा भर्ना गरेर अन्यलाई औषधि दिएर घर पठाउने गरिएको छ । मनसुन भित्रिनु अघिसम्म भारतका अधिकांश शहरमा अत्यधिक गर्मीले जनजीवन नराम्रोसँग प्रभावित भएको थियो । कतिपय शहरमा अधिकतम तापक्रम ५० सम्म पुगेको समाचारहरु सार्वजनिक भएका थिए । गर्मीका कारण कतिपयले बाटोमा हिँड्दाहिँड्दै ज्यान गुमाएका छन् । सवारी साधनका चालक र कण्डक्टरहरुको पनि ज्यान गुमेको छ । भारतको परिवहन निगमका तीन चालक र एक कन्डक्टरको यात्राको क्रममा मृत्यु भएको छ । यस्तो मृत्युको सर्वाधिक आँकडा गाजियावादमा छ । त्यहाँ १८ जुनमा ३० र १९ जुनमा १४ जनाको मृत्यु भएको थियो ।
यस्तै मृत्युको बढ्दो संख्याका कारण चिहान घाट, शवदाहगृह र पोष्टमार्टममा समेत पालो कुर्नुपर्ने बाध्यता छ । नायडा, गाजियावाद, प्रयागराजमा यस्तो स्थिति छ । प्रयागराजमा १८ जुनको दिन एसआरएन अस्पतालमा शव राख्ने फ्रिजहरु भरिएपछि बाहिरै शवको खात लगाएर राखिएको थियो । अमर उजालाको एक रिपोर्ट अनुसार १८ जुनमा प्रयागराज शहरका अलग अलग शवदाह गृहमा यति धेरै शवहरु ल्याइएको थियो कि सडकसमेत जाम भएको थियो । त्यहाँका चार प्रमुख श्मशान घाटमा २४ घण्टाको अवधिमा ४०० धेरै शव अन्तिम संस्कारका लागि ल्याइएको थियो । ती शवहरु वृद्धवृद्धा र युवाहरुको समेत थियो ।
त्यस्तै बेवारिसे शवको अन्तिम संस्कार गराउँदै आएकी लखनउकी समाजसेवी वर्षा बर्माले भनेकी छन्, ‘एक महिनायता बेवारिसे शवको संख्या तीन गुणाले बढेको छ । यद्यपि सबैको मृत्यु गर्मीकै कारण भएको भन्न त सकिन्न तर मृतकको संख्या बढ्नुको एक प्रमुख कारण गर्मी पनि हो ।’
